नागरिक लगानी कोषका प्रवन्धक पक्राउ

  • प्रकाशित मितिः चैत्र 5, 2074
  • मधेश स्पेशल
  • 182 पटक पढिएको

चैत्र ५, २०७४ / ईटहरी: वित्तिय अपराधविरुद्द पछिल्लो समयमा आक्रामक बनेको नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान व्युरो सिआईवीले बित्तिय अपराध गरेको अभियोगमा नागरीक लगानी कोषका सहायक प्रबन्धक छविरमण अधिकारीलाई पक्राउ गरेको छ।

बेलायती बोर्डबाट चार्टड अकाउन्टेट गरेका अधिकारी एपेक्स डेभलपमेन्ट वैंकको संचालक समितिमा थिए। सिआईवीले एपेक्समा भएको डेढ अर्ब घोटालाकै विषयलाई लिएर उनलाई पक्राउ गरेको अनुमान गरीएको छ । अधिकारी अघि १३ जनालाई पक्राउ गरी सिआईवीले अनुशन्धान गरीरहेको छ ।

डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सिआईवीले नेपाली कांग्रेसका युवा नेता विष्णुप्रसाद धिताल र सिनर्जी फाइनान्सका कार्यकारी अधिकृत विनितमणी उपाध्यायसहित १३ जनालाई पक्राउ गरेको थियो ।

सिआईवीको वित्तिय अपराध शाखाका प्रमुख डिएसपी श्यामवावु ओलीयाले नागरीक लगानी कोषका सहायक प्रबन्धक अधिकारी लाई एपेक्स घोटाला कै छानविनको लागि पक्राउ गरीएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६