चैत २४ गते देखि प्रथम सुखीपुर नगर महोत्सव हुने

  • प्रकाशित मितिः चैत्र 4, 2074
  • रोयाण्टर मण्डल
  • 297 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका स्थापना भएको १ वर्ष पुरा भएको हुँदा पहिलो जन्मोत्सवको उपलक्ष्यमा आगामी चैत २४ गतेदेखि प्रथम सुखीपुर नगर महोत्सव हुने भएको छ ।
महोत्सवमा उद्योग, व्यापार, पर्यटन, स्थानीय कला संस्कृति तथा अन्य क्षेत्रका वस्तु उत्पादन प्रवद्र्धन तथा सुखीपुर नगर भित्र रिती रिबाज, रहन सहन, खान पान लगायतको प्रदर्शनी हुने छन् ।
नगर सुधार समिति सुखीपुरकोे आयोजनामा हुन लागेको सो महोत्सव सुखीपुरमा अविस्मरणीय सघर्षबाट स्थापित यस ऐतिहासिक नगरलाई उद्योग, ब्यापार, कृषि, शिक्षा, संचार एवम धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास र स्थानीय स्तरबाट उत्पादित वस्तुहरुको बजार प्रबद्र्धन,सम्वद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास तथा कला–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका रुपमा आयोजना गर्न लागिएको नगर सुधार समिति सुखीपुरका अध्यक्ष तथा महोत्सव मूूल समारोह समितिका संयोजक वी.पी. भुुवन यादवको हस्ताक्षर रहेको प्रेस विज्ञप्ती उल्लेखित रहेको छ ।
चैत २४ गतेदेखि चैत ३० गतेसम्म श्री रामजानकी जनता बहुुमुुुुखी क्याम्पसको प्राङ्गनमा सञ्चालन हुने उक्त महोत्सवमा १ सय ५ कक्ष रहनेछ । प्रथम नगर महोत्सव हुन लागिएको सो महोत्सवमा एक लाख भन्दा बढी दर्शकको सहभागिता हुने र करिब रु ५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।

फाईल तस्वीर – सुखीपुर नगरपालिकालाई गाउँपालिकामा परिवर्तन गरेपछि पछि नगरपालिकाको मांग गर्दै दबाबमुलक आन्दोलन बेलाको तस्वीर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६