मजदुर राधादेबीलाई स्तन क्यान्सर , उपचार गर्न आर्थिक कठिनाई

  • प्रकाशित मितिः चैत्र 1, 2074
  • मधेश स्पेशल
  • 182 पटक पढिएको

चैत्र १, २०७४ / धरान: २४ वर्ष सम्म देखि औधोगिक मजदुरका रुपमा कार्यरर्त एक महिला मजदुरले आफ्नो जीवन रक्षाका लागि अपिल गरेकी छिन् । धरान ८ स्थित औधोगिक क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्ने स्तन क्यान्सर पीडित महिला मजदुर ४७ वर्षिया राधादेबी ढुङ्गानालाई स्वास्थ्य उपचार गर्न आर्थिक कठिनाई भएको हो ।

अहिले उनी र उनको परिवार सहयोगको अपील गर्दै हिरिहेका छन् ।औधोगिक क्षेत्रको प्लाष्टिक फ्याक्ट्रीमा काम गर्ने क्रममा नै उनलाई स्तन क्यान्सर भएकोे हो । धरान ८ लाङ्घाली चौकमा कोठा भाडा लिएर वसोवास गर्ने ढुंगाना परिवारलाई थप उपचार गर्न आर्थिक कठिनाई भएको भन्दै विहीबार धरानमा पत्रकार सम्मेलन गरेर उनको परिवारले जीवन वचाई दिन आग्रह समेत गरेको छ ।

उनका श्रीमान् पदम ढुंगानाका अनुुुसार हाल सम्म अहिले क्रणपान गरेर ५ लाख भन्दा वढी खर्च भईसकेको छ । ढुंगानाले भने, “ भएभरको रुपैयाँ पैसा सवै सकियो तर अव कसरी उपचार गर्नु , रातोदिन त्यहीँ उद्योगमा श्रम पसिना वगाईयो अहिले आएर हामी जस्ता मजदुर क्षेत्रमा काम गर्नेको जीवन त्यसै जाने भो ।”

श्रीमती सहित औधोगिक क्षेत्रमा काम गरेर जीविकोपार्जन गरेका ढुङ्गाना परिवारलाई थप उपचार गर्नको लागि एक लाख ५० हजार चाहिने चिकित्सकले सु्झाएका छन् । तर जीवनसंगिनीलाई रोग लागेपछि श्रीमानलाई समेत काममा जान सकेका छैनन् ।

भरतपुर क्यान्सर अस्पतालमा उपचारत रहेकी ढुंगानालाई अव ६ पटक सम्म किमो थेरापी गरेर त्यसपछि स्वास्थ्य अवस्थामा कस्तो सुधार आउँछ त्यसपछि थप उपचार गर्नु पर्छ भनिएतापनि आर्थिक अभाव हुँदा त्यसो गर्न नसकिएको पीडित परिवारले बताएका छन् । स्वास्थ्यकर्मीले भने वमोजिम एक पटक २५ हजार रुपैँया किमोथेरापी गर्न खर्च हुन्छ , जम्मा ६ पटक थेरापी गर्नु पर्ने भएको छ । फ्याक्ट्रीले समेत विरामी भएपछि वेवास्ता गरेको ढुंङ्गाना परिवारले दुखेसो गरेको छ ।

त्यहाँ दुर्घट्ना वा अचानक विरामी भएमा मात्रै थोरै सहयोग गर्ने चलन छ तर दीर्घकालिन रोग लागेका मजदुरले स्वास्थ्य उपचार पाउँदैनन् । औधोगिक क्षेत्र सरकारी स्वामित्वको क्षेत्र भएपनि मजदुरको लागि त्यस्तो कुनै सुविधा नभएकाले मजदुर विरामी भएमा आर्थिक सहयोग मागेर हिड्नु पर्ने वाध्यता रहेको ढुङ्गानाका श्रीमान् पदमले बताए ।

सरकारी सुविधा सहित घरको जायजेथा समेत ढुङ्गाना परिवारले उपचार गरेर सिध्याई सकेपछि अहिले सहयोगको याचना गर्नु पर्ने वाध्यता आई परेको हो । यता औधोगिक क्षेत्र अन्तर्गत रहेको प्लाष्टि उद्योग प्रालीले ढुंगानाको परिवारको समस्याको विषयमा थाहा नभएको जनाएको छ ।

प्रालीका कर्मचारी प्रदीप श्रेष्ठले पीडित भनिएकी ढुंगाना ज्यालादारी मजदुरको रुपमा काम गर्ने वताएका छन् । तर ढुंगाना परिवारले भने स्थायी रुपमा काम गर्ने मजदुर भएको पत्रकार सम्मेलनमा बताएका छन् । श्रेष्ठले भने, “मजदुरलाई परेको समस्याका विषयमा सानातिनो सहयोग गर्दै आएपनि उनको समस्याको विषय भने फ्याक्ट्री सम्म आइपुगको छैन, तर आएमा समस्यालाई वुझेर सहयोग गर्नेछौं ।”

जनप्रतिनिधी राधादेबीको सारथी
अन्ततः उपचारको लागि आर्थिक कठिनाई भएपछि ढुंगाना परिवार जनप्रतिनिधीलाई हार गुहार गर्न पुगेका छन् । धरान १८ र धरान १७ का वडाध्यक्ष प्रवीन राई र मनोज भट्टराई स्वास्थ्य उपचार गर्न सहयोग संकलन जुटाउन सारथी वनेका छन् ।

जनप्रनिधी स्वयम्ले पनि व्यतिmगत रुपमा सहयोग गरेर अहिले क्यान्सर पीडित राधादेबी ढुंगाना वचाउ अभियानमा नै लागेका छन् । वडाध्यक्ष मनोज भट्टराईको संयोजकत्वमा वचाउन अभियानको संयोजन समिती मार्फत सहयोग संकलन गर्न शुरु गरेको भट्टराईले बताए ।

गरीवको जीवन वचाई दिन धरान १७ का वडाध्यक्ष प्रवीन राईले आग्रह समेत गरेका छन् । उनीहरुकै सहयोगमा र संयोजनमा विहीबार धरानमा पत्रकार सम्मलेन गरेर पीडितलाई वचाउन आग्रह गरीएको हो । संयोजनम समितीले तत्कालै ४६ हजार ६ सय रुपैँया संकलन गरेर पीडित परिवारलाई वुझाएको समितीका सदस्य एवं पत्रकार जनक क्रषि राईले वताए ।

समितिले पीडितका श्रीमान् पदम ढुंगानाको मोवाइल नम्बर ९८१२३५९७०५ मा सम्पर्क गर्न समेत भनेको छ । त्यसैगरी समितीका सदस्यहरुलाई समेत सम्पर्क गर्न अनुरोध समेत गरेको छ । त्यसका लागि वडाध्यक्ष मनोज भट्टराईको मोबाइल नम्बर ९८४२०२५२८३ र वडाध्यक्ष प्रवीन राईको ९८५२०४९१३९ मोवाइल नम्बरमा सम्पर्क गर्न समेत सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६