निगमलाई टेरेनन् ट्यांकर चालकले, तेल अपचलन गर्न नपाएपछि ढुवानी रोकियो

  • प्रकाशित मितिः चैत्र 1, 2074
  • मधेश स्पेशल
  • 207 पटक पढिएको

चैत्र १, २०७४ / झापा: झापामा नेपाल आयल निगमले हिजोदेखि औपचारिक रुपमा पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा ‘लकिङ प्रणाली’ लागू गरे पनि चालकले असहयोग गरेका छन् । जसका कारण निगमलाई आफ्नो दुई वर्षअघिको निर्णय कार्यान्वयन गर्न असहज भएको छ । लामो समयदेखिको पूर्वनिर्धारित कार्यक्रमबमोजिम निगमले हिजो झापाको चारालीमा एक औपचारिक कार्यक्रम आयोजना गरी मेची अञ्चलमा पेट्रोलियम ढुवानी गर्ने ट्रकरट्याङ्करमा ‘लकिङ प्रणाली’को औपचारिक शुभारम्भ गरेको थियो । तर, सरकारको सो निर्णयलाई असहयोग गर्दै यहाँका चालकरमजदुरहरुले ढुवानी नै ठप्प पारेका छन् ।

ढुवानी ट्याङ्करबाट बाटैमा तेल चोरी हुने प्रवृत्ति मौलाएपछि त्यसलाई रोक्न निगमले लकिङ प्रणाली अवलम्बन गरेको थियो । भारतीय आयल निगमको सिलिगुढी डिपोबाट पेट्रोलियम ढुवानी हुने मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङमा चल्ने ट्रकरट्याङ्करमा लकिङ प्रणाली लागू गरिएको थियो । हिजो चारालीमा आयोजित कार्यक्रममाा भारतीय आयल निगमका प्रमुख एसएस बोस र निगमका कार्यकारी प्रमुख सुशिल भट्राईले सो प्रणालीको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६