​एसइई तयारीका लागि विद्यालयलाई २५ हजार रकम दिइने

  • प्रकाशित मितिः पुष 8, 2074
  • मधेश स्पेशल
  • 183 पटक पढिएको

शनिबार ०८, पुष २०७४, महोत्तरी: जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ । आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालनका लागि सो रकम उपलब्ध गराइएको हो ।

जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार जिल्लाको ८५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यपुस्तक पूर्णरुपमा तयारी गराउनका लागि रु २१ लाखभन्दा बढी रकम छुट्याएको छ । सम्बन्धित विद्यालय वा अन्य शिक्षकद्वारा पूर्णरुपमा सो विषयका कोर्ष तयारी गर्ने शिक्षकलाई सो रकम दिइने जिल्ला शिक्षा अधिकारी दाहालले बताए ।

महोत्तरीमा २० वटा निजी तथा ८५ वटा सामुदायिक गरी १०५ माविका आठ हजारभन्दा बढी विद्यार्थी सो परीक्षामा सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६