सडकमा भिख माग्ने वृद्धको खल्तीबाट निस्किए यस्ता कागजात, हवाइजहाज चढेर फर्किए घर

  • प्रकाशित मितिः पुष 8, 2074
  • मधेश स्पेशल
  • 807 पटक पढिएको

शनिबार ०८, पुष २०७४: ६ महिनादेखि सडकमा भिख माग्दै हिँडेका भिखारी वृद्धलाई सबैले केही नभएको व्यक्ति सम्झिरहेका थिए । तर, ती भिखारी वृद्ध करोडपति व्यापारी भएको खुलेको छ । ती वृद्ध भिख माग्दै अचानक एक कलेजमा पुगेपछि उनको पहिचान खुलेको हो । वृद्ध ६ महिनादेखि भारतको उत्तर प्रदेशको रायबरेलीमा भिख माग्दै गुजारा गरिरहेका थिए ।

ती वृद्ध भिख माग्ने सिलसिलामा अचानक कलेजमा पुगेपछि कलेजका संस्थापकले उनलाई खाना खुवाएर नुहाइदिए । त्यसपछि उनको कपडामा खोजतलास गर्दा उनको खल्तीबाट आधार कार्ड र १ करोड ६ लाख ९२ हजार ७३१ भारतीय रुपैयाँ (१ करोड ७० लाख नेपाली रुपैयाँ)को बैंकको मुद्दती खाताका कागजात भेटिए । आधार कार्डका आधारमा ती व्यापारी तामिलनाडुका करोडपति व्यापारी भएको पत्ता लागेको छ ।

रायबरेलीको स्वामी सूर्य प्रबोध परमहंस इन्टर कलेजका संस्थापक स्वामी भास्कर स्वरुप जी महाराजका अनुसार १३ डिसेम्बरका दिन ती वृद्ध भिखारीको भेषमा कलेज पुगेका थिए । वृद्धले आफू भोकै भएको इशारा गरेपछि संस्थापक भास्करले उनलाई खाना खुवाएर नुहाइदिए । कपाल काटिदिएपछि उनको कपडा धुनको लागि कपडाको खल्ती छाम्दा यी कागजात भेटिएका थिए । यी कागजात देख्दा त्यहाँ भएका सबै निकै आश्चर्यचकित भएको बताएका छन् ।

आधार कार्डबाट ती वृद्ध तामिलनाडुका करोडपति व्यापारी मुथया नादर भएको खुलेपछि उनको परिवारलाई खबर गरियो । जानकारी पाएपछि परिवार उनलाई लिन आए । वृद्धकी छोरी गीताका अनुसार गत जुलाइमा ट्रेनमा यात्रा गर्ने क्रममा उनी हराएका थिए । त्यसपछि उनको खोजी भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६