फाल्गुन १६, २०७४ / ईटहरी: विराटनगरको रानी भन्सार स्थित सुख्खा वन्दरगाहमा रहेको राष्ट्रिय वाणिज्य वैंकका शाखा प्रमुख विष्णुप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।उध्योगी , भन्सार एजेन्ट र वैंक कर्मचारीको मिलेमतोमा भएको मानिएको घोटालामा थप अनुसन्धानको लागि निरौलालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
घोटालको विषय सार्वजनिक भएको समयमा विदामा बसेका निरौलासमेतको संलग्नतामा घोटाला भएको अनुशन्धानका क्रममा भेटिएपछि उनलाई पक्राउ गरीएको प्रहरी स्रोतले जानकारी गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले मंगलबार साँझ निरौलालाई रानीस्थित कार्यालयबाट पक्राउ गरेको हो ।
घोटला प्रकरणमा थप अनुसन्धान गर्न बैंकका शाखा प्रमुख निरौलालाई नियन्त्रणमा लिएको मोरङका एसपी अरुण कुमार बिसीले जानकारी गराएका छनु । प्रहरीले यसअघि राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई १० करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ गरी बैकिङ कसुर अन्तर्गत मुद्दा चलाएको छ ।
प्रहरीले राउतलाई पक्राउ गरेसँगै विराटनगर भन्सारका क्लियरिङ एजेन्ट सुरेश बोहरा र उनका प्रतिनिधि ललित बोहराका नाममा पक्राउ पूर्जीसमेत जारी गरेको छ । बोहोरा दुवैजना अहिले फरार छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । काउन्टरमा बोहरा दाजुभाइले राजस्वबापत बुझाएका एकाउन्ट पे–चेकहरू क्लियरिङ हुन नसकेपछि घोटाला भएको रहस्य खुलेको थियो ।
घोटालाको अनुशन्धान गरीरहेको मोरङ प्रहरीले घोटालामा संलग्न रहेको आशंकामा थप अनुशन्धानका लागि भन्दै सुनसरी – मोरङका ४९ उध्योगी व्यापारीलाई पत्र काटेर यस आर्थिक वर्षमा वोहोरा द्दय मार्फत भएको कारोवारको पुर्ण विवरणसहित वैंक स्टेटमेन्ट समेत मागेको छ ।
प्रहरीले कारोवार र वैंक स्टेटमेन्ट वुझाउन भनेपछि अत्तालिएका उध्योगी – व्यवसायीले वैंक स्टेटमेन्ट र कारोवार विवरण वुझाउन आनाकानी गर्दै शक्तिकेन्द्र धाएपनि कुनै सिप नचलेपछि मंगलवार दिउँसोवाट वित्तिय कारोवार र वैंक स्टेटमेन्ट वुझाउन थालेका छन् ।
घोटालाको विषयमा भईरहेको छानवीन प्रभावीत गर्न लागेका सारडा ग्रुपका संचालक एवं मोरङ व्यापार संघका अध्यक्ष पवन कुमार सारडा र एसियन थाई फुडका संचालक महेश जाजु र उध्योगी अनोज पोद्दार लगायतले गरेका सवै कोशिस असफल वनेपछि उध्योगी एवं व्यवसायीले प्रहरीको पत्र अनुशार नै विवरण उपलव्ध गराउन थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदिय... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६