जोखिममा धितोमा राखिएका गहना

  • प्रकाशित मितिः फाल्गुन 10, 2074
  • मधेश स्पेशल
  • 168 पटक पढिएको

फागुन १०, २०७४ / ईटहरी: सुनचाँदी व्यवसायीहरुले अवैधरुपमा गर्दै आएको वैंकीङ कारोवार र सिआईवीले थालेको वित्तिय अपराधविरुद्दको कारवाहिका कारण हजारौ सर्वसाधारणले बचत गरेको पैसा र सुनचाँदीका गहना जोखिममा परेका छन् ।

कारवाहिको नेतृत्व गरीरहेको सिआईवीका डिएसपी श्यामवावु ओलीयाले गैरकानुनीरुपमा काम गरिरहेकाहरुसँग गरिएको कारोवार सँधै जोखिममा नै रहने जनाएका छन् ।

उनले सर्वसाधारणले त्यसरी गैरकानुनी कारोवार गर्नेहरुसँग गरेको कारोवार जोखिममा रहको जनाउँदै त्यस्तो गैरकानुनी कारोवार गर्नेहरुका विषयमा सुचना दिन र आफ्नो सम्पती फिर्ता लिएर सुरक्षीत बन्न पनि सुझाव दिएका छन् ।

उनले वित्तिय अपराधविरुद्द थालेको कारवाहि जारी रहने जनाउँदै कानुन उलंघन गरेर धन्धा चलाउने सबैलाई कारवाहि गरी छाड्ने बताएका छन्। शुसाशन र कानुन कार्यान्यवनका लागि सिआईवीले थालेको अभियान नरोक्ने समेत उनले उल्लेख गरेका छन् ।

यसरी हजारौंको गहना डुब्यो
धरानको सेन्चुरी वैंक र नेपाल वैंक घोटालामा वैंकमा धितोमा राखिएको सुनभन्दा कयौं गुणा वढि लोन प्रवाह भएको भेटिएपछि सिआईवीले कोशी अञ्चलमा वित्तिय अपराधविरुद्दको कारवाहि थालेको थियो ।

सेन्चुरी र नेपाल वैंकमा धरानका सुन व्यवसायी संजय राई र ज्ञानेन्द्र पुकुर्टी लगायतको समूहले धितोमा राखेको सुनभन्दा कयौं गुणा वढि लोन निकालेको भेटिएको थियो ।

सेन्चुरी वैंकमा करिव ८ करोड र नेपाल वैंकमा करिव १० करोड वरावरका गहना सो समूहले धितो राखेर सो भन्दा कयौं गुणा वढि लोन निकालेको भेटिएपछि सिआईवीले कारवाहि गरेको थियो ।

घोटालामा संलग्न ईम्यानुयल ज्वेलरीका संचालक संजय राई र न्यु भिजन ज्वेलरीका संचालक ज्ञानेन्द्र पुर्कुटी अहिले पनि अदालतले तोकेको धरौटी वुझाउन नसकेपछि कारागारमा वन्दी जिवन विताईरहेका छन् ।

सामान्य सुनचाँदी पसल गर्ने उनीहरुले आफ्नो पसलमा जम्मा भएको सुनमात्रै वैंकमा धरौटीमा नराखी तरहरा , ईटहरी , झुम्का लगायतका शहरका सुन व्यवासायीले धितोमा राखेको सुन समेत लगेर सेन्चुरी वैंक र नेपाल वैकमा धरौटीमा राखेर केहि कर्मचारीको मिलेमतोमा धितो भन्दा वढि लोन निकालेका थिए ।

त्यसरी वैकमा मिलेमतोमा घोटाला भएको विषय संचारमाध्यमवाट वाहिरीएपछि राष्ट्र वैंकको आग्रहमा सिआईवीले छानवीन गरी वैक कर्मचारी र व्यवसायीलाई कारवाहि गरेको थियो । विगो वरावर धरौटी रकम वुझाउन नसकेकैले राई र पुकुर्टीलाई जेल चलान गरिएको थियो ।

उनीहरुले वैंकमा राखेको हजारौं सर्वसाधारणको सुन त्यसरी वैकमा होल्ड भएर वसेको विषयमा भने सर्वसाधारण अहिलेसम्म पनि बेखवर छन् । उनीहरुले त्यसरी राखेको करिव १८ करोड वरिपरीका सुनका गहना वैकमै होल्ड छ ।

धितोका गहना भन्दा वढि लोन समेत निकालेका कारण सो गहना वैंकले होल्ड गरेर राखेको हो । धितो भन्दा वढि प्रवाह भएको लोन असुल गर्न नसक्दा नै उनीहरु जेल चलान भएका हुन् ।

तत्कालीन समयका सेन्चुरी वैंकका धरान शाखा प्रमुख निखिल श्रेष्ठ पनि त्यसरी सर्वसाधारणले सुनचाँदी व्यवसायीको धितोमा राखेको गहना वैंकले लोन चुक्ता नगरेपछि होल्ड गरेर राखेको स्वीकार्दछन् ।

उनले आफ्नो कार्यकालमा आफुलाई समेत फसाउने गरी गराईएको घोटालापछिको अनुशन्धानले सर्वसाधारणले सुनपसलमा राखेका गहना भेला पारेर सो समूहले लोन निकाल्ने गरेको खुलेको जानकारी गराएका छन् ।

निखिलले वैकमा होल्ड भएर वसेका हजारौं सर्वसाधारणका सुनका गहना राई र पुर्कुटीको समूहले पुर्वका विभिन्न ठाउँका सुनपसलवाट भेला पारेर वैंकमा राखेको जनाएका छन् । उनले राई र पुकुर्टी दुवै जेल चलान भएपछि अन्य व्यवसायीले उनीहरुकोमा लगेर धितोमा राखेका गहना वैकमा होल्ड भएको हो ।

जसका नाममा वैंकमा कारोवार हुन्छ उनीहरुको नाममै धितोका सामान रहने भएकाले उनीहरुले कुन कुन स्थानका कुन कुन सुनचाँदी व्यवसायीवाट सुनका गहना भेला पारेका थिए भन्ने खुल्न नसक्ने उनले वताएका छन् ।

उनले भने – जसले वैंकमा सुनका गहना धितोमा राखेको थियो उ नै धितोभन्दा वढि लोन निकालेको र सो तिर्न नसक्दा जेल गएको अवस्थामा ति गहना वाहिर आउने सम्भावना नै रहन्न ।

सुनचाँदी पसलमा भिड बढ्यो
वित्तिय अपराधविरुद्दको अप्रेशनका कम्रमा धरानको हँलेसी र तरहराको पशुपति गहनागृहमा सिआईवीले छापा मारेपछि आफ्नो बचत र धितोमा राखिएको गहना डुब्ने भयले सर्बसाधारण फिर्ता लिन जान थालेका छन् ।

पासवुक नै प्रयोग गरेर गैरकानुनी वैंकीङ कारोवार हुने गरेको विषय सार्वजनिक भएपछि अत्तालिएका सर्वसाधारण फिर्ताका लागि सुन पसल धाउन थालेका हुन् । भय र त्रासले सर्वसाधारण धितो र बचत फिर्ताका लागि धाउन थालेपछि गैरकानुनी वित्तिय कारोवार गरीरहेकाहरु तिल्मिलाएका छन् ।

सुनचाँदी व्यवसायीले आफुले सर्वसाधारणवाट धितोमा राखेका गहना भेला पारेर वैकमा जम्मा गरी व्याजमा हुने फरकलाई मुनाफा बनाउँने गरेका थिए भने नगदसमेत वचत गरीदिने व्यवसायीले भने धितोका गहना समेत आफैंसँग राखेर व्याज फरकलाई मुनाफा बनाउने गरेका थिए ।

धरानका वैकमा सुनचाँदी व्यवसायीले धितोमा भेला गरेर राखेका गहनामा लोन निकाल्दा धितो भन्दा वढि लोन निकाल्ने गरेको प्रमाणित भएपछि यो परम्परागत धन्दामाथि पनि सिआईवीले आँखा लगाएको थियो ।

अहिलेको अपे्रशनको नेतृत्व गरीरहेका सिआईवीका डिएसपी श्यामवावु ओलीयाले धरानको वित्तिय अपराधसँग जोडिएर आएको यो ईन्भेष्टमेन्ट कम्पनी , फर्म , सप्लायर्स र कम्पनीका नाममा भईरहेको गैरकानुनी वैंकीङ कारोवार वन्द नभए सर्वसाधारणलाई ठुलो क्षति हुने भएकाले नै यो अपे्रशनलाई अघि वढाईएको र अपे्रशनलाई निरन्तरता दिईने वताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६