नर्भिकलाई ठगीमा मुद्दा चलाउन प्रहरीलाई पत्र

  • प्रकाशित मितिः फाल्गुन 4, 2074
  • मधेश स्पेशल
  • 198 पटक पढिएको

२०७४ फाल्गुण ४ शुक्रबार / काठमाडौं: व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलले बिरामीको बेडचार्ज लिएर पनि पुनः बेड सर्भिस चार्ज लिएको देखिएपछि आपुर्ति ब्यवस्था विभागले ठगीमा मुद्दा चलाउन प्रहरीलाई पत्राचार गरेको छ ।

विभागले २०७४ पुस १७ मा महानगरीय प्रहरी परिसर काठमाडौलाई ठगी मुद्दा चलाउन पत्राचार गरेको हो । देशको सबैभन्दा ठुलो ब्यापारिक घराना दाबी गर्ने र फोब्र्स म्यागाजिनमा नेपालका सबैभन्दा धनीको सूचीमा नाम परेका विनोद चौधरीका भाइ बसन्त चौधरीले नर्भिक अस्पताल संचालन गर्दै आएका छन् ।

अस्पतालहरुले मनपरी शीर्षकमा बिरामीसँग असुल्न सरासर ठगी भएको आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको भनाई छ ।

संविधानमा शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकारका रुपमा उल्लेख गरे पनि ब्यवहारमा नीजि अस्पत्ताल र बोर्डिङ स्कुलहरुले लिनै नपाइने विभिन्न शीर्षकमा शुल्क लिइरहेका छन् । तर, अनुगमन गर्ने र दोषी पाइएमा कारवाही गर्ने निकाय सरकार भने कानमा तेल हालेर बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६