गोरखा किचनमा भातमा साङ्ला

  • प्रकाशित मितिः माघ 11, 2074
  • मधेश स्पेशल
  • 455 पटक पढिएको

माघ ११, २०७४ / इटहरी: इटहरीस्थित गोरखा डिपार्टमेण्ट स्टोरको किचनमा खानामा साङ्ला फेला परेको छ । खाना खाने क्रममा एक ग्राहकले साङला भेट्टाएका हुन् । हरियो स्टीकर पाएको स्टोरले पस्केको खानामा साङ्ला भेटिएको हो ।

साँगला भेटिएको विषयमा महेश सिग्देलले फेसबुकमा पोष्ट गरेका छन् । उनले फोटोसहित लेखेका छन्, ‘गोर्खा किचन इटहरीमा खाना खाने क्रममा साङ्ला भेटिएको यो खबर लाई विभिन्न मिडियाहरुले प्राथमिकता दिदै उपभोक्ताको अधिकारको पक्षमा बोलिदिनु भएकोमा आभार ब्यक्त गर्दछु । साथै ६२ जनाले सेयर गरिदिएर ६२ हजार जनालाइ सचेत गर्नु भयो । असली धन्यवाद सबै सेयर गर्नुहुने मित्रहरूप्रती । जन चेतनाको लागि कृपया सचेत रहनुस । हेर्दा राम्रो देखिने ठाउँमा मात्र स्वस्थ खाना पाइन्छ भन्ने छैन । अनि महङो खाना मात्र मिठो हुन्छ भन्ने होइन ।’

यता गोरखाका प्रवन्धक बलराम आचार्यले भने खानामा अखाद्य वस्तु भेटिएको बारे केही सुचना नआएको बताए । उनले कसैले भ्रम छर्न यस्तो कुरा गरेको हुनसक्ने जिकिर गरे ।
डिपार्टमेण्टले इटहरीबाहेक बिराटचौक, पथरी, दमकमा पनि शाखा सञ्चालन गरिरहेको छ भने धरानमा शाखा स्थापनाको तयारी गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६