स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै

  • प्रकाशित मितिः माघ 11, 2074
  • मधेश स्पेशल
  • 160 पटक पढिएको

माघ ११, २०७४ / झापा: झापामा १९ हजार जनाभन्दा बढीले स्वास्थ्य बीमा गराएका छन् । असोज २५ गतेदेखि सञ्चालनमा आएको स्वास्थ्य बीमा कार्यक्रममा १९ हजार २१२ जना आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक रमेन्द्रप्रसाद कुस्वाहले जानकारी दिएका छन् । स्वास्थ्य बीमा गराउने घरधुरीको संख्या चार हजार २५६ रहेको छ ।

जिल्लामा कार्यक्रम लागू भएसँगै सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको प्रबन्धक कुस्वाहले बताएका छन् । “स्वास्थ्य बीमा गराउनेको संख्या उत्साहजनक देखिएको छ” उनले भने, “घरघरमा गएर बीमा गराइँदैछ ।”

जिल्लामा १९२ स्वास्थ्य बीमा अभिकर्ताले स्वास्थ्य बीमा गराइरहेका छन् । झापामा उक्त सेवा लिनका लागि बनियानी स्वास्थ केन्द्र, धुलाबारी, शनिश्चरे, सुरुङ्गा, शिवगञ्ज, खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र, मेची अञ्चल अस्पताल भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोड र आम्दा अस्पताल दमकलाई तोकिएको छ ।

पाँच जनासम्मको परिवारले वार्षिक रु दुई हजार ५०० सेवा शुल्क तिरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाउने प्रावधान छ । पाँच जनादेखि बढी सदस्य भएको परिवारले रु ४२५ अतिरिक्त तिरेर सदस्य बन्न पाउने छन् । सदस्य भएपश्चात सो परिवारलाई वार्षिक रु ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६