सूचना, सञ्चार तथा प्रविधि मेला शुरु

  • प्रकाशित मितिः माघ 11, 2074
  • मधेश स्पेशल
  • 121 पटक पढिएको

माघ ११, २०७४ / काठमाडौं: सूचना, सञ्चार तथा प्रविधि मेलाको २४औँ संस्करण आजदेखि भृकुटीमण्डपमा शुरु भयो ।यही माघ १६ गतेसम्म जारी हुने सो मेलामा १५५ भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ । क्यान इन्फोटेक नाम दिएको सो प्रदर्शनीलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।

सूचना प्रविधिसित सम्बन्धित विभिन्न कम्पनीद्वारा संयुक्त रुपमा आयोजित सो मेलाको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले शुभारम्भ गर्दै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई÷दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पु¥याउन लागिएको जानकारी दिएका छन् । उनले आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने खाँचो औँल्याउँदै यसका लागि सरकार र निजी क्षेत्रबीचको थप सहकार्य आवश्यक रहेकामा जोड दिएका छन् ।

सूचना तथा सञ्चारमन्त्री बस्नेतले भने, “संविधान कार्यान्वयनका क्रममा स्थानीय निकाय, प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन सफल रुपमा सम्पन्न भए, देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ, अब आर्थिक समृद्धिमा लाग्नुपर्छ ।” नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधिको विकासमा सरकारी लगानी वृद्धि गरिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

कलाकर्मी व्यापारीको घेरामा

मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्य

संविधान संसोधन नगरे आफूहरु पुनः जनविद्रोहमा जाने : उपप्रधानमन्त्री यादव

फिरोज शेख सिरहा । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् उपप्रधान स्वास्थ्थ तथा जनसंख्या मन्त्री उपेन

Madhesh Special
Facebook Group · 141 members
Join Group
 

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६