धरानको सीसी क्यामेरामा बाँदर र केवुलवालाको आतंक

  • प्रकाशित मितिः माघ 4, 2074
  • रणध्वज लोहार
  • 204 पटक पढिएको

माघ ४, २०७४ / धरान: धरान उपमहानगरको व्यस्त मानिएको बजार क्षेत्र भानुचौकदेखि छाताचौकमा राखिएका सीसी क्यामेरा बिग्रिएका छन् । एक वर्ष अघिदेखि नै क्यामेरा बिग्रिएको भएपनि त्यसको मर्मत संभार हुन सकेको छैन ।

सुरक्षाका दृष्टिले अत्यन्तै संवेदनशील मानिएको मुख्य बजार क्षेत्रमा सीसी क्यामेराले काम नगर्दा सुरक्षा चुनौती थपिएको छ । धरान बजारमा विजयपुर डाँडाबाट आउने बाँदरले सीसी क्यामेराको तार चुडाएपछि ४ वर्ष अघि जडान गरिएको क्यामेराले काम गर्न छाडेको वडा प्रहरी कार्यालय धरानका इन्चार्च जसबहादुर लिम्बूले बताए । लिम्बूले भने, “बाँदरले तार चुडाएर कामै नलाग्ने बनाएको छ, त्यसलाई मर्मत संभार गर्दा समेत काम दिँदैन ।”

वडा प्रहरी कार्यालयमा भानुचौकदेखि छाताचौक सम्म ३२ वटा क्यामेराले एक वर्ष अघिदेखि नै काम नगरेको हो । वि.सं २०७० सालमा निर्वाचित सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठको नेतृत्वमा धरानको शान्ति सुरक्षामा सहयोग पुग्ने हेतुले भानुचौकदेखि छाताचौकसम्म क्यामेरा जडान गरिएको थियो । त्यसका लागि उवासंघले झण्डै १५ लाखको लागतमा सीसी क्यामेरा जडान गरेको थियो । भानुचौकदेखि छाताचौकसम्मको क्षेत्र व्यापार–व्यवसाय गर्नेहरूको क्षेत्र हो । क्यामेरा जडान भएपछि सो क्षेत्रमा लुटपाट, चोरी, डकैती तथा अपराधका घटनामा समेत कमी आएको प्रहरीको दाबी छ । तर एक वर्ष यतादेखि भने सीसी क्यामेराले काम नगरेपछि प्रहरीलाई समेत शान्ति सुरक्षा कायम गर्न चुनौती बढेर गएको छ ।

सुनसरी उवासंघका पूर्व अध्यक्ष श्रेष्ठले बेलाबेला क्यामेराको मर्मत संभार नहुनु नै दुःखद भएको बताए । उनले भने, “मेरो कार्यकालमा वर्षमा एक पटक अनिवार्य मर्मत संभार गर्दै आएका थियोैं तर अहिलेको कार्यसमितिले चासो देखाएको छैन ।”

सीसी क्यामेराको महत्व नबुझ्दा शान्ति, सुरक्षा र व्यवसाय गर्नसमेत कठिन हुने श्रेष्ठ बताउँछन् । सुरक्षाका लागि जडान गरिएको क्यामेराका तारहरू बाँदरले बढी चुँडाएको छ भने अव्यवस्थित रूपमा जडान गरिएको केवल नेटवर्कका तारले पनि समस्या बनाएको छ । केवलवालाले तार काटिदिने गरेकाले पनि सीसी क्यामेरामा असर परेको छ । वडा प्रहरी कार्यालय धरानका अनसार अब सो क्यामेरा मर्मत संभार गरेर पनि काम नगर्ने भएको छ । पुरानो सिस्टमको क्यामेरा भएकाले बनाउँदा पनि काम नगर्ने प्रहरीको भनाइ छ ।

वडा प्रहरी कार्यालयमा अहिले भानुचौकदेखि दक्षिण पट्टि मात्रै क्यामेराको नियन्त्रण कक्ष रहेको छ । प्रहरी इन्चार्ज जसबहादुर लिम्बूले एक वर्ष अघि नै ४ वटा सीसी क्यामेरा धरानका व्यापारी र व्यवसायसँग सहयोग मागेर जडान गरेका हुन् । जुन क्यामेराले धरानको पानबारी बस स्टेण्ड, राजेश पेट्रोल पम्प आसपास र धरान ९ को आचार्य लाइनसम्म निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मधेसमा फेरी जुरमुराउँदै रैथाने परिषद

बिगतमा स्वतन्त्र मधेसको नारा दिएर बिखण्डनकारी गतिविधिमा सक्रिय सीके राउतको स्वतन्त्र मधेस गठबन्धन जनमत

सुखीपुरलाई सुन्दर नगरपालिका बनाउन सर्वपक्षीय छलफल

रोयाण्टर मण्डल सिरहा / सुखीपुर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी थालेको छ । बज

मिर्चैयाको सनलाईट टेलर ग्राहकको अकर्षण बन्दै , २ नम्बर प्रदेशकै नमुना टेलर

मनिषा मण्डलसिरहा । जिल्लाको चल्तीको ब्यपारीक केन्द्र मिर्चैया बजार, सिरहा जिल्लाको उदयपुर, धनुषा र सप्तर


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६