सुनसरीको नडाहामा प्रथम मेयर कप हुने

  • प्रकाशित मितिः पुष 23, 2074
  • मधेश स्पेशल
  • 257 पटक पढिएको

पुष २३, २०७४ / भरौल: वराह नगरपालिको वडा ३ मा रहेको एभेरेष्ट फुटबल क्लबको आयोजनमा भरौलको नडाहमा प्रथम मेयर कप हुने भएको छ ।

पुस ३० गते देखि सुरु हुने प्रतियोगिता माघ ७ गते सम्म सन्चालन हुने छ । प्रतियोगितामा मोरङ,उदयपुर, सुनसरीका फुटबल क्लबले सहभागीता जनाउने छन ।

बेलबारी फुटबल क्लब मोरङ, क्षेत्रीय तालिम केन्द्र रानी विराटनगर, गाईघाट फुटबल क्लव उदयपुर, बक्लौरी फुटबल क्लव , राजावास फुटबल कल्ब वराह ९, वराहक्षेत्र फुटवल क्लव चतरा, द ब्वाइ क्लब इटहरी, र आयोजक एभेरेष्ट फुटवल क्लव वराह ३ सहित ८ फुटबल क्लबकोे सहभागिता रहने समितिले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार र दोस्रो पुरस्कार ५१ हजार रहनेछ । प्रतियोगिता भर उत्कष्ट खेलाडीलाई खेल प्रदर्शनका आधारमा पुरस्कृत गरिने शनिबार पत्रकार सम्मेलनमा एभेरेष्ट फुटबल क्लबका अध्यक्ष मधु सुधन भट्टराईले बताए ।

प्रतियोगितालाई सफलता पूर्वक सम्पन गर्न वराह नरपालिका प्रायोजक रहनेछ भने सहप्रायोजक प्याब्सन ग्रामीण क्षेत्रीय समन्वय समिति सुनसरी रहनेछ । वराह नगरपालिका वडा नं ३ कार्यालयको विशेष सहयोग र देश, विदेशमा रहेका खेलप्रेमी युवाको सहयोगमा झण्डै ८ लाख संकलन गरिने क्लबकाअध्यक्ष भट्टराईले बताए ।

नेपाली फुटबलको क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने भूमिका रूपमा सुनसरीको भरौल चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६