सुखिपुर नगरपालिकाको बजेट ३८ करोड ,बृद्धाभत्ता घरघरमा पुर्याउने

  • प्रकाशित मितिः पुष 22, 2074
  • सन्तोष कुमार साह
  • 296 पटक पढिएको

पुष २२, २०७४ / सिरहा: राम्रो नगर हाम्रो पहिचान सफा नगर सुखिपुरको अभियान मुल नाराका साथ सुखिपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७४।७५ का लागि करिब ३८ करोड रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको छ ।

पुस २१ गते सम्पन्न प्रथम नगरसभाबाट पारित निर्णयहरु आज सुखिपुर व्यपार संघमा आयोजित पत्रकार भेटघाट मार्फत सार्वजनिक गर्दै नगरपालिकाले सैतिस करोड ९५ लाख ८५ हजार नौ सय एकासी रुपैयाँ पैसा एकान्नबेको बजेट तथा कार्यक्रम पारित गरिएको जानकारी दिइयो ।

विकास पूर्वाधारमा जोड नगर सभाले चालु आर्थिक वर्षका लागि पारित बजेट तथा कार्यक्रममा कृषि, शिक्षा र विकास पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।

सुखिपुर नगरपालिकाले पुंजिगत सुधार तथा सार्वजानिक निमार्णखर्च १७ करोड तैतिस लाँख आठ हजार ४ सय अठहत्तर रुपैया सत्तरी पैसा , वडा स्तरिय योजना तथा कार्यक्रमहरु ६ करोड तिस लाँख र समाजिक सुरक्षा तथा वाल पोषणको लागी ४ करोड तिरसठी लाँख तिस हजार लगायत विभिन्न शिर्षकमा सैतिस करोड पन्चान्वे लाँख ८५ हजार नौ सय एकासी रुपैया एकान्नवे पैसाविनियोजन गरेको पत्रकार भेटघाट कार्यक्रममा नगरपालिकाका नगर प्रमुख राम अवतार यादबले सार्वजानिक गरेका छन् ।

नगरपालिकाले चालु आ.व.मा नगरपालिका क्षेत्र भित्रका मुख्य सडक खण्डमा सोलारवती तथा दबै तिर रुख र ढल निकास कार्य, सडक छेउमा रहेका घर टहरा, आदी हटाई सार्वजानिक जग्गा व्यवस्थापन गर्ने , बालबालिकालाई बिधालय नपठाउने अभिभावकलाई नगरपालिका बाट पाउने सुविधाबाट बञ्चित गर्ने तथा बृद्धाभत्ता प्रत्येक वडा माफर्त घरघरमा पुर्याउने नगरपालिकाका प्रमुख यादबलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६