जितेको क्षेत्रमा न्यानो कम्बल बाँड्दै सांसद डा. सुरेन्द्र यादव

  • प्रकाशित मितिः पुष 22, 2074
  • मधेश स्पेशल
  • 274 पटक पढिएको

पुष २२, २०७४ / महोत्तरी: महोत्तरी क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा.सुरेन्द्र यादवले चिसोबाट बाँच्न आफ्नो क्षेत्रको विभिन्न स्थानमा न्यानो कम्बल वितरण गरेका छन् । निर्वाचित पश्चात घरदैलो सकेर काठमाडौं गएका यादव तराईमा चिसोसंगै सितलहर चलेपछि फर्केर आफ्नो क्षेत्रमा कष्टकर जीवन व्यथित गरेका सर्वसाधारणहरुलाई आफ्नो निजी स्तरबाट कम्बल वितरण गर्न सक्रिय भएका हुन् ।

संघीय समाजवादी फोरमबाट निर्वाचित डा.यादवले शुक्रबार २ सयभन्दा बढी न्यानो कम्बल वितरण गरेका छन् । महोत्तरीको सम्सी गाउँपालिका २ पर्साको मदरसामा विद्यार्थीका लागि ६० थान र पर्साका वायोवृद्धहरुलाई १९ थान, सम्सी माविमा १५ थान कम्बल प्रदान गरेका छन् । त्यस्तै सोनमा गाउँपालिकामा भइरहेको विष्णुमहायज्ञमा ५० थान र सोनमा गाउँपालिकाका वायोवृद्धहरुका लागि ५० थान गाउँपालिका अध्यक्ष राजकुमार यादवलाई प्रदान गरेका हुन् । यस्तै सम्सी गाउँपालिकाको गैढाभेटपुरका तीन वटा टोलमा वायोवृद्धहरुलाई ४५ थान कम्बल वितरण गरेको यादवले जानकारी दिएका छन् । उनले आफु ािफ्नो क्षेत्रमा जाडोबाट प्रभावित विपन्न एवं वृद्धहरुलाई जाडो मौसम भरि विभिन्न ठाउँमा पुगेरै कम्बल वितरण गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६