​इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेनमाथि प्रतिबन्ध

  • प्रकाशित मितिः पुष 22, 2074
  • मधेश स्पेशल
  • 235 पटक पढिएको

पुष २२, २०७४ / इटहरी: इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि तीन खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । उनले ४० हजार पाउण्ड स्ट्रर्लिङ जरिवाना पनि तिर्नु पर्ने बताइएको छ । गएको आइतबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्ट ब्रोसँगको खेलपछि रेफ्रीको चेन्जिङ रुममा खेल भावना विपरित व्यवहार गरेको भन्दै फुटबल एसोसिएशन (एफए) ले वेङ्गरमाथि तीन खेलमा टचलाई प्रतिबन्ध लगाएको हो ।

रेफ्री माइक डिनलाई वेङ्गरले प्रयोग गरेको भाषा र व्यवहार अपमानजन र अनुपयुक्त रहेको स्वीकार गरेका छन् । रेफ्री डिनले ८९ औँ मिनेटमा वेष्ट ब्रोमलाई पेनाल्टी दिएपछि वेङ्गर आक्रोशित भएको बताइएको छ । खेलमा आर्सनल १–१ को बराबरीमा रोकिन बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६