​प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा औषधीको अभाव

  • प्रकाशित मितिः पुष 22, 2074
  • मधेश स्पेशल
  • 266 पटक पढिएको

पुष २२, २०७४ / इटहरी: पुर्वी नेपालका धेरै जसो सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क रुपमा वितरण गर्दै आएका औषधीको अभाव कायम रहेको छ । स्वास्थ्य संस्थाहरुलाई स्थानीय तहको मातहतमा राख्ने सरकारी निणर्य भए बमोजिम स्थानीय तहको मातहत आएपछि निशुल्क औषधी अभाव देखा पर्न थालेका हुन ।

सुनसरीका प्राय जसो स्थानीय तहले औषधी अभाव हुन नदिने गरी स्वास्थ्य संस्थामा औषधी खरिद गर्न सकिरहेका छन् । सरकारको आधारभुत औषधी उपचार निशुल्क गर्ने निति प्रभावीत हुन थालेको छ ।

सुनसरीका अधिकासं सरकारी स्वास्थ्य संस्थाहरुमा उपलव्ध हुने भनिएका निशुल्क औषधी पाउन नसकेको विरामीहरुको गुनासो छ । इटहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा निशुल्क रुपमा वितरण गरिने औषधीहरु नभएको केन्द्रका जनस्वास्थ्य निरिक्षकले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएकी एक गर्भवती महिलाले आइरन चक्की नपाएर गुनासो गरिन । इटहरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा पनि निशुल्क वितरण गरिने औषधीहरु अभाव रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले समेत औषधी व्यवस्थापनको काम समेत स्थानीय तहको भएको कारण केही औषधीहरु हालै पठाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेपाली कांग्रेस क्षेत्र नम्बर २ सिरहाका समितिले मनाए विपी स्मृती दिवस

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / नेपाली कांग्रेस  क्षेत्र नम्बर २ सिरहाका समितिले ३७ औं विपी स्मृती दिव

सुखीपुरका व्यवसायीहरु पनि भीसीटीएसको बिरोधमा उत्रिए

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सरकारले ल्याएको ऐन, नियम र कानून तथा प्रावधानहरु अव्यवहारिक भएको भन्दै सिर

बरियारपट्टी गाउँपालिकाको बजेट ४१ करोड ३४ लाख

रोयाण्टर मण्डल / कृष्ण मोहन चौधरी / हरिपति लाल कर्ण / विपी भुवन  सुखीपुर (सिरहा) /   ‘कृषि , शिक्षा, पु


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2019 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६