सिरहामा पशुपक्षी बीमा प्रभावकारी

  • प्रकाशित मितिः पुष 6, 2074
  • मधेश स्पेशल
  • 870 पटक पढिएको

पुस ६, लहान: सरकारले सञ्चालन गरेको कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रम सिरहामा प्रभावकारी बनेको छ । कृषि बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत जिल्लामा चालु आर्थिक वर्ष २०७४/७५ को पाँच महिनाको अवधिमा ३९१ पशु र तीन हजार ७०० भन्दा बढी कुखुराको बीमा गरिएको छ । आव २०७२÷७३ देखि सिरहामा पशुपक्षी तथा बाली बीमा कार्यक्रम सञ्चालनमा छ । पशुपक्षीको बीमा कार्यक्रमअन्तर्गत चालु आवको साउनदेखि मंसिर सम्ममा लहानस्थित लुम्बिनी जनरल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडमा पशुपालक किसानले बीमा गराएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा काशीनाथ यादवले जानकारी दिए ।

उनका अनुसार सिरहामा पशुतर्फ १४० गाई, ६६ भैँसी, १८५ बाख्रा र १२ वटा बँगुरको बीमा गरिएको छ । बीमा कार्यक्रमअन्तर्गत बाली र पशुपक्षीको बीमा गराएमा प्रिमियम रकमको ७५ प्रतिशत सरकारले अनुदानस्वरुप दिने र २५ प्रतिशत किसान स्वयंले तिर्नुपर्ने व्यवस्था रहेको प्रमुख डा यादवको भनाइ छ । बीमा कार्यक्रमअन्तर्गत चालु आवको हालसम्ममा पशुतर्फ रु एक करोड ५४ लाख ५८ हजार, पक्षी (कुखुरातर्फ) रु १३ लाख २३ हजारको बीमा भएको लहानस्थित लुम्बिनी जनरल इन्सुरेन्स कम्पनी लिमिटेडका शाखा इन्चार्ज अनिलकुमार यादवले जानकारी दिए। उनका अनुसार बाली तथा पशुपक्षी बीमा कार्यक्रमअन्तर्गत केही महिनाअघि कृषि बालीतर्फ धानबालीको समेत बीमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६