छठ पर्व आजबाट शुरु पोखरी,तालतलैया र जलासयलाई सिङ्गारिदै
- प्रकाशित मितिः मंसिर १, २०८०
- मधेश स्पेशल
- 121 पटक पढिएको
मनिषा कुमारी मण्डल
लहान / मिथिलाञ्चलवासीको महान् पर्व छठ आजबाट सुरु भएको छ । आज पहिलो दिन शुक्रवार ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् ।
त्यस्तै पर्वको दोस्रो दिन भोली शनिवार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । राति बिना नुन हालेको खानेकुरा खाने चलन छ ।
त्यस्तै तेस्रो दिन अर्थात् आईतवार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फालफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
त्यस्तै चोथो दिन यर्थात सोमवार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोराई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् । यो पर्व पुरुष र महिला समान रूप से मान्ने गर्छ तर अत्यधिक व्रत गर्नेमा महिलाको संख्या अत्यधिक हुन्छ ।
छठ पर्व स्थल
अस्ताउँदो सुर्यलाई अर्घ दिनका लागि तीन दिन पहिले देखि मिथिलाञ्चलवासीहरु पोखरी,तालतलैया र जलासयलाई सिङ्गारि नै गरेको हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको अर्घ दिने गरिन्छ ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।
छठ पर्व लोक कथन
भगवान राम र माता सीताले रावण वध पछि कार्तिक शुक्ल षष्ठीको उपवास गरी सूर्यदेवको पुजा (आराधना) की और अगले दिन यानी सप्तमी को उगते सूर्यको पूजा गरेर आशीर्वाद प्राप्त गर्नुभयोे ।
अन्य मान्यता अनुसार महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।
छठ पर्व गीत महत्व
यो पर्वमा गीतको खास महत्व हुन्छ । छठ पर्वमा घरं देखी घाटं सम्म कर्ण प्रिय छठ माताको लोक गीत मिथिलानीहरु गाउने गर्छिन् ।