३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव पदमा चयन हुनुभएको स्थल
- प्रकाशित मितिः भदौ ६, २०८०
- मधेश स्पेशल
- 208 पटक पढिएको
जिवछ उदासी
सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव पदमा चयन हुनुभएको स्थल अम्बास हो ।
यहाँस्थित एक काठको घरमा २०४६ भदौ ९–१४ गतेसम्म चलेको महाधिवेशनमा भण्डारीको नेतृत्वमा २० सदस्यीय केन्द्रीय कमिटी चयन गरिएको थियो । चौथो महाधिवेशन वाट बहुदलीय जनवादको नीति पारित भएपछि प्रजातान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर देशमा प्रजातन्त्र बहाली भएकाले राजनीतिक परिवर्तनका लागि ऐतिहासिक स्थलका रूपमा अम्बास चिनिएको छ ।
त्यो ऐतिहासिक महाधिवेशनको स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायतका नेताहरू चयन हुनुभएको थियो भने त्यसबखत जेल जीवनबाट मुक्त हुनुभएका वर्तमान अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कमिटी सदस्यमा चयन हुनुभएको सिराहा–३ का प्रतिनिधि सभा सदस्य तथा पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठले आउनुभयो ।
उहाँले भन्नुभयो, “विष्णुपुरकट्टि जिल्लासँग सिमाना जोडिएको लहान– १४ मा नेपाली कांग्रेसका नेता तथा (चिन्तक प्रदीप गिरीको आश्रमलाई अध्ययन केन्द्र, विष्णुपुरकट्टि अम्बासलाई राजनीतिक पर्यटकीय क्षेत्र र कर्जन्हा नगरपालिकामा पञ्चायत कालमा किसान आन्दोलनको केन्द्रबिन्दु बनाएर सिराहाको पश्चिमी भेगमा किसान नेताका रूपमा चिनिएका तरमा पर्ने जयगोविन्द साहलगायतका नेताको इतिहास ताजा राजनीति पर्यटकीय क्षेत्रका रूपमा बनाइ रहन राजनीति पर्यटकीय तथा अध्ययन धनगढीमाई नगरपालिकाले थालेको प्रयासलाई केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको सफल बनाउन र मधेशमा एमालेको प्रभाव बढाउन नागरिक अगुवा रामरिझन यादवले बताउनुभयो ।
सचिवालय बैठक अम्बासमा आयोजना गरिएको हो ।” अम्बास राजनीतिक परिवर्तनका लागि ऐतिहासिक स्थान रहेकाले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने क्रममा एमाले बैठक हुन लागेको नगर प्रमुख शिवशङ्कर महतोले बताउनुभयो ।
विकट रहेको अम्बासमा भौतिक विकाससँगै राष्ट्रको ध्यान केन्द्रित गराउन विशेष पहलपछि एमालेले यो निर्णय गरेको उहाँले नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयको बैठक आउँदो भदौ ९ गते सिराहाको धनगढीमाई नगरपालिका–१४. चुरे क्षेत्रमा पर्ने अम्बासमा बस्दै छ । राजनीतिक रूपमा विशेष महत्त्व रहेको यो स्थानमा एमालेले बैठक आयोजना गर्न लागेको हो जानकारी दिनुभयो ।
यहाँ अहिले मदन भण्डारी माध्यमिक विद्यालय, मदन स्मारक पार्क निर्माण भएको छ भने यसै वर्ष २५ करोड रुपियाँको लागतमा कालोपत्रे सडक निर्माण कार्य पनि अघि बढाइएको छ । जनताको बहुदलीय जनवादको अझै पनि त्यत्तिकै आवश्यकता रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले एमाले केन्द्रीय सचिवालयको बैठक अम्बासमा बस्न लागेको उहाँले प्रस्टयाउनुभयो ।
अम्बासमा बस्ने सचिवालय बैठकको उद्घाटन पार्टी अध्यक्ष ओलीले गर्ने कार्यक्रममा मधेश प्रदेशबाट ठुलो सङ्ख्यामा पार्टीका नेता कार्यकर्तालाई भेला गराएर राजनीतिक सन्देश र यस ठाउँलाई राजनीति पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य रहेको मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।