सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार सिरहाको जनता डोमी चौधरी माध्यमिक (प्राविधिक) विद्यालय पोखरभिण्डामा करोडौ भ्रष्टाचार भएको रहस्योदघाटन

  • प्रकाशित मितिः श्रावण ३२, २०८०
  • मधेश स्पेशल
  • 497 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रकम भ्रष्टाचार भएको रहस्योदघाटन भएको छ ।
 
लक्ष्मीपुर पतारी गाउँपालिका १ पोखरभिण्डामा रहेको श्री जनता डोमी चौधरी माध्यमिक (प्राविधिक) विद्यालयका प्रधानाध्यापक पशुपति साहले रकम हिनामिना गरेको हर हिसाव छानविन  समितिले गाउँलेहरुलाई भेलागरी प्रतिवेदन सार्वजानिक गरेको छ ।
 
 
भ्रष्टाचार गरेको रकम तत्काल विद्यालयको खातामा दाखिला गर्न आग्रह गर्दै भ्रष्टाचार गरेको रकम जम्मा गरेन भने  आफुहरुलाई अख्तियार अनुसन्धानको कार्यालय वर्दीवासमा उजुरी दिन नपरोस् भन्दै हिसाव छानविन समितिका संयोजक  ईन्दु नरायाण चौधरीले चेतावनी दिनुभयो ।
 
 
प्रधानाध्यापक साहले लक्ष्मीपुर पतारी गाउँपालिका , संघिय बजेट र आन्तरिक आम्दानीको रकमले सामग्री खरिद , भवन निर्माण, पत्र पत्रिकाको विज्ञापन शुल्क लगायतका विभिन्न शिर्षकहरूमा १ करोड ४ लाख ८८ हजार ५ सय २० पैसाको रकम भ्रष्टाचार गरेको आरोप रहेको छ ।
 
 
नक्कली बिल भरपाई बनाई सामान नै नखरिद गरी रकम भुप्तानी दिएको पाईएको छ । समान खरिद भएपछि दाखिला खाता परिणाम तथ्यांक राख्नु पर्ने थियो तर स्टोरमा समान पनि छैन् । न त दाखिला खातामा समेत दाखिला नै नगरी लाखौ लाख रुपैयाँ  नगद तथा चेक मार्फत भुप्तानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
 
 
प्राविधिक सामग्रीहरु खरिद गर्दा  बजार पाउने मुल्य भन्दा ४ गुणा महगो र गुणस्तरहीन समान काममै नलगने २० वर्ष पुरानो समान खरिदगरी रकम हिनाबिना गरेको समेत उनीमाथि आरोप रहेको छ ।
 
सार्वजानिक भेलामै लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरले विद्यालयमा धेरै नै भ्रष्टाचार भएको छ । हामी यस्ता भ्रष्टाचारीलाई कानुनी प्रक्रिया मार्फत कानुनी कार्वाही गरिने 
बताउनुभयो ।
बारम्बार विद्यालयका प्रधानाध्यापक साहलाई हिसाब सार्वजानिक गर्न भन्दै थिए । तर हिसाव सार्वजानिक नगरेपछि हामी पुरै समाज भेलागरी ईन्दु नरायाण चौधरीको संयोजनमा हिसाव छानविन समितिका गठन गरिईयो । समितिहरुको अथक प्रयासले आज शनिवार प्रतिवेदन सार्वजानिक गर्न गाउँहरुलाई भेलागरी सार्वजानिक गरेको प्रतिवेदनमा प्रधानाध्यापक साह करोडौ रकम भ्रष्टाचार गरिएको गापा अध्यक्ष सिंहले बताउनुभयो । 
 
 
स्टिमेट अनुसार विद्यालयमा गरिएको काम, खरिद गरिएको सामग्रीको गुणस्तर र संख्यासंग बिल–भरपाइ दाँजेर हेर्ने हो भने अनियममिता आफै छरपस्ट हुने स्थानीय पत्रकार शिवकुमार साहले बताउनुभयो ।
 
 
सार्वजानिक कार्यक्रममै प्रधानाध्यापक पशुपति साहले आफुु नियमपुर्वक काम गरेको छु । खर्च गरेको सबै लेखापरीक्षण समेत भए सकेकोले आफु केही नियम विपरित कार्य गरेका छैनौ । यो केही मान्छेले गठन गरेको समितिको प्रतिवेदन नमान्ने बताउनुभयो ।
 
 
आफुले विद्यालयकोे सधै प्रगति चाहेको छु । आफु विद्यालयमा पहिलो पटक आएको बेला जस्ताबला विद्यालय थियो । दिनरात विद्यालयको भलाई गरेर गापाको मात्रै होईन जिल्लाभरमै पहिचान दिलाउने नमुना विद्यालय बनाई दिएको छु । 
 
 
जास्ता बला विद्यालय अहिले भवन भवनैमा परिणत भएको छ  । आफु दुःख गरी विद्यालयको विकासमा लागे तर उल्टै मलाई बदनाम गर्न यस्तो कार्य गर्दै आएको छ । 
प्र.अ. साह जनतालाई गुमराहमा राखने गरेको छ । एउटै शिर्षकको बारम्बर रकम निकासा गर्नु । भवनको नाममा करोडौ रकम हिनामिना गरेको । मुख राम राम बगर छुरा मैथिली कहावत जस्तै साह रहेको छानविन समितिका सदस्य चन्द्र शेखर यादवले भन्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

निःशुल्क लोकसेवा तयारी कक्षा संचालन

विन्दे यादवसिरहा  / नवराजपुर गाउँपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन ग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६