निःशुल्क लोकसेवा तयारी कक्षा संचालन

  • प्रकाशित मितिः जेठ २८, २०८०
  • मधेश स्पेशल
  • 492 पटक पढिएको

विन्दे यादव
सिरहा  / नवराजपुर गाउँपालिकाले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन गरेको छ ।

 

निजामति कर्मचारी बन्ने इच्छा राखेका तर खर्च अभावमा तयारी गर्न नसकेकाहरुलाई लक्षित गर्दै निःशुल्क तयारी कक्षा सुरु गरिएको हो । तयारी कक्षाको आज शनिबार गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा) ले उद्घाटन गरेका छन् ।

 

युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनति, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सुरु गरिएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

 

निजामति प्रशासन क्षेत्रमा यहाँका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै गाउँपालिकाले युवाका लागि तयारी कक्षा संचालन गरेको गाउँपालिका अध्यक्ष यादवको भनाई छ ।

 

तयारी कक्षामा ३५ जनाको सहभागिता रहेको छ । गाउँपालिकाले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको सहभागीहरुले बताएका छन् । गाउँपालिकाले निःशुल्क कक्षा सुरु गरेसँगै महंगो शुल्क तिरेर तयारी कक्षा लिन पर्ने बाध्यता हटेको उनीहरुको भनाई थियो । राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज किशोर साहले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउन भनेर तयारी कक्षा अघि बढाइएको बताए ।

No description available.

नवराजपुर गाउँपालिकाको सहयोगमा मोन्टेन मल्टीप्रपोज प्रा.लि.ले तयारी कक्षा संचालन गरेको हो । सहभागीहरुलाई सरोज यादव, डि.एन यादव, राम सागर यादव र विपी भुवन यादव लगायतले प्रशिक्षण दिनेछन् ।

 

शनिबार आयोजित तयारी कक्षा उद्घाटन शत्रमा गाउँपालिका अध्यक्ष शिव उदगार यादव, उपाध्यक्ष पुनम कुमारी यादव, वडा वडाध्यक्ष जय प्रकाश यादव, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज किशोर साह लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६