सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

  • प्रकाशित मितिः जेठ १२, २०८०
  • मधेश स्पेशल
  • 1143 पटक पढिएको

मनिषा मण्डल
सुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका कारण सिरहामा जिउँदो माछाको कारोबार बढेको छ ।

सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ क्यापस चौक स्थित द सुखीपुर फ्रेस हाउस आज देखि सञ्चालनमा आएको छ । यहाँ दैनिक २ सय ५० केजी जिउँदो माछा अक्सिजन जडित पोखरीमा राखेर बिक्री गर्ने क्षमता रहेको छ ।

स्थानीय व्यवसायी विजय निरौलाले १० लाख रुपैयाँको लगानीमा जिउँदो माछा र मासु पसल सञ्चालनमा ल्याएका हुन् ।

पसलमै पौडिरहेका जिउँदो माछा प्रतिकेजी २ सय ५० रुपैयाँ देखि माछाको साईज अनुसार मुल्य , कुखरा ३ सय ६० रुपैयाँ , खसी मासु १ हजार केजी , अण्डा र लोकर कुखुरा लगायतका मासुजन्य सामग्री आज बिक्री भइरहेको छ ।


आफु ८ वर्षदेखि ॐ गणेश कृषि फर्म संचालन गरी ११ बिगाहा भन्दा बढी क्षेत्रफलमा आफूले माछा , कुखरा र हाँस पालन व्यवसाय सञ्चालन गरिरहेको छु । अहिले आधुनिक युगमा जिउँदो माछा खान ग्राहकहरुको चाहना रहेकोले यस प्रकारको पसल संचालन गरेको छु ।

बजारमा विक्री गर्न बफमा राखिएकोे मरेका माछा छाडेर यहाँका उपभोक्ताले यस्तो स्वस्थकर ताजा माछा नै मनपराउन थालेका छन’ । सिरहा लगायत देशभरमा यस प्रकारको पसलहरु संचालन भए रहेको छ ।

No description available.

‘फर्मालिन’ नामक मानव स्वास्थ्यमा हानिकारक औषधी राखेर ल्याइएका मरेका माछा खान बाध्य उपभोक्ताले अब आफ्नै हातले पानीमा खेलिरहेका जिउँदा माछा खरिदगरी मन पराउने निरौलाले भन्नुभयो ।

 


अहिले सिरहाको मिर्चैया , लहान , गोलबजार र अन्य स्थानका यस्तो प्रविधिमा आधारित जिउँदा माछा पसल संचालन रहेको छ र आज देखि सुखीपुरमा पनि जिउँदो माछा पसल संचालनमा आएपछि उपभोक्ताहरु खुशी भएका छन् ।

No description available.

No description available.No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६