सिरहाको सुखीपुरमा चैती छठ महोत्सव , मिथिलाभर पर्वको रौनकता बढ्दै

  • प्रकाशित मितिः चैत्र 12, 2079
  • रोयाण्टर मण्डल
  • 206 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आरधना गरी मनाइने चैची छठ सिरहाको सुखीपुरमा महोत्सवको रुपमा मनाउदैँ आएको छ भने मिथिलाभर पर्वको रौनकता बढी रहेको छ ।

 

सिरहाको सुखीपुरमा प्रत्येक वर्ष महोत्सवको रुपमा रातभर जागग्राम बसेर मनाउने भएकोले मधेश प्रदेशको नमुना चैती छठ पर्व सुखीपुरको राम जानकी मन्दिरको पोखरीमा हुदैँ आएको छ ।

 

चैत शुक्ल चर्तुथीदेखि शुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाईने सिरहाको सुखीपुरमा चैती छठ मनाउनका लागि प्रत्येक वर्ष चैती छठ पुजा महोत्सव समिति बनेर कार्यक्रम गर्दैआएको छ । समितिको अध्यक्षमा महेश साह, उपाध्यक्षमा रोशन चौधरी, सचिवमा ओम प्रकाश गुप्ता, कोषाध्यक्षमा सन्तराम मण्डल र सदस्यमा रोयाण्टर मण्डल, रतनेश चौधरी, मुरली महतो, धर्मनाथ मण्डल रहेको छ ।


सिरहाको सुखीपुर स्थित रहेको रामजानकी मन्दिर पोखरी शनिवार विहानै देखि समितिले स्थानीय प्रहरीको सहयोगमा पोखरीको किनार सरसफाईगरी सुन्दर बनाएको छ भने पण्डालले सझाई रातीभर जाग्राम बस्नेका लोक सांस्कृतिकमा अधारित कार्यक्रम समेत राखेको छ ।

 

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

 

पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन शनिवार व्रतीहरूले “नहाय खाय’’ अर्थात् नुहाएर खाने गर्दछन् । उनीहरूले जीउ पनि चोख्याउने काम गर्दछन् ।

 

त्यस्तै पर्वको दोस्रो दिन आज आईतवार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । राति (बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।

 

त्यस्तै तेस्रो दिन अर्थात् सोमबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फालफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।


त्यस्तै चोथो दिन यर्थात मंगलदिन एकाबिहानै पुन : छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोराई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
यो पर्व पुरुष र महिला समान रूप से मान्ने गर्छ तर अत्यधिक व्रत गर्नेमा महिलाको संख्या अत्यधिक हुन्छ । केही वर्ष पहले सम्म मुख्य रूपमा नेपालको मिथिलाञ्चलमा क्षेत्रमा मनाउने गरथियो अहिले देशभरी मनाउने गरेका छन् ।

छठ पर्व लोक कथन


भगवान राम र माता सीताले रावण वध पछि कार्तिक शुक्ल षष्ठीको उपवास गरी सूर्यदेवको पुजा (आराधना) की और अगले दिन यानी सप्तमी को उगते सूर्यको पूजा गरेर आशीर्वाद प्राप्त गर्नुभयोे ।
अन्य मान्यता अनुसार महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।


सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।

May be an image of 4 people and textMay be an image of text

No photo description available.May be an image of 3 people and text

 

May be an image of 1 person and textMay be an image of 1 person and text

May be an image of 8 people, people standing and outdoors

May be an image of 9 people, people standing and body of water

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६