अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

  • प्रकाशित मितिः फाल्गुन ३०, २०७९
  • रोयाण्टर मण्डल 
  • 526 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थापना गरिएको छ ।


मधेश प्रदेशका गृह तथा संचार मन्त्री शत्रुधन सिंह तथा वयोवृद्ध समाजसेवी लक्ष्मण चौधरीले एक कार्यक्रमबीच उक्त आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

No description available.
कार्यक्रमको प्रमुख अतिथी मन्त्री सिंहले आँखा तथा कान उपचार केन्द्र स्थापना गर्न दिनरात सकारात्क भुमिका खेल्नुभएका युवाहरुलाई धन्यवाद दिदैँ । म अहिले मधेश प्रदेश सरकारको गृह मन्त्री समेत रहेकोले प्रदेशमा सरकार परिवर्तन भएन् भने इलाका प्रहरी सुखीपुरमा ईस्पेक्टर दरबन्दी कायम गराउने छौ र सुखीपुरका विकासमा हरदम सहयोग गरी रहने प्रतिवद्धता ब्यक्तगर्नुभयो ।


कार्यक्रमको विशिष्ठ अतिथि लक्ष्मण चौधरीले अहिले मेरो पाको उमेरमा पनि मलाई उद्घाटन गर्नमा सहभागी गराउनुहुने प्रदेश सभा सदस्य प्रमुख अतिथि मन्त्री सिंह र निर्वमान प्रदेश सभा सदस्य श्रीवास्तवलाई अभार ब्यक्त गर्नुभयो ।


जन जागृती युवा कल्व सुखीपुरले १० वर्ष देखि प्रत्येक शनिवार सगरमाथा चौधरी आँखा अस्पातलको प्राविधिक सहयोगमा आखाँ शिविर संचालन गर्दै आएको थियो । सोही शिविरको मध्य नजर गर्दै म आफनो तत्कालीन संसदीय विकाश वजेटबाट तयार गर्न लगाएको भवनमा आज देखि केन्द्रको रुपमा संचालन हुन थालेको प्रति एक दमै खुशी भएको मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य मदनसेन श्रीवास्तवले भन्नुुभयो ।

No description available.
यस्तै सगरमाथा चौधरी आँखा अस्पताल लहानका प्रवन्धक अभिषेक रोसनले सुखीपुर नगरपालिका र जन जागृती युवा कलव तथा सगरमाथा चौधरी आखाँ अस्पताल लहानको सहकार्यमा सुखीपुर आँखा कान उपचार केन्द्र सञ्चालनमा आएको छ । अहिले हप्ता तीन दिन ( शनिवार , मंगल र विहीवार ) पछि विरामीहरु संख्या वृद्धि भएपछि हप्ताको सातै दिन संचालन हुने र पछि सुखीपुरमै आखाँ र कानको अपरेशन सेवा पनि उपलब्ध गराउने प्रतिवद्धता गर्नुभयो ।


May be an image of 3 people and people standingजन जागृती युवा कल्वका अध्यक्ष मुरली प्रसाद महतोले “ आँखा शिविर पहिले सुखीपुरमा प्रत्येक शनिवार बसमा, त कहिले स्कुलको भवनमा, त कहिले कल्बको टुटेको अवस्थामा रहेको भवन धेरै कठिन पुर्वक संचालन भए रहेको थियो । त्यसपछि हामीहरुले सामुहिक छलफल गरी उपचार केन्द्रको स्थापनाा गर्ने सोच बनायौ । हामीहरु तत्काली मधेशप्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तव कहाँ पुगेर भवनमा वजेट विनियमोजन गर्न आग्रह गरेपछि वहाँले आफनो संस्ददीय विकासि कोसबाट २७ लाख रुपैयाँ विनियोजित गरेपछि हामीहरु भवन बनाउन जग्गा खोजी गरे कतिले जग्गादाता बनी जग्गा उपलब्ध गराउछु भनेता पनि दिने बेलामा जग्गा नदिन कुरा आएपछि हामीहरु चिन्तत भयौ । त्यसपछि जग्गाको लागि सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव कहाँ जग्गा उपलब्ध गराई दिन हुन आग्रह गरेपछि स्वास्थ्य चौकीमै जग्गा उपलब्ध गराएपछि आज सोही जग्गामा भवन बनाउन सफल भयौं । त्यसपछि भवनको फिनिसिंग र कलर सगरमाथा चौधरी आखाँ अस्पताल लहानको सहयोगमा भएपछि सुखीपुरमा आफनै पालोमा भवन बनाई उपचार केन्द्र शुरु भएपछि म कलबको अध्यक्ष भएकोले सपना पुरा भएको आफनै आँखाले देखेपछि खुशी भएको छु । ”

May be an image of 5 people and people standing
कार्यक्रममा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम आतौर यादव, उपमेयर रेनु देवी साह, निवर्तमान मधेश सभा सदस्य सुनिता मोची, वडा अध्यक्ष किशोरी चौधरी, देव नारायण यादव, प्रादेशिक अस्पाताल सिरहा अध्यक्ष सुहेन्द्र्र यादव , सुखीपुर हेल्थ पोष्ट ईन्चार्ज सचिनद्र यादव , नेता विन्देश्वर पजियार र शिक्षक राम ररिझान यादव लगायतले लगायतले शुभकामना मन्तव्य राखनुभएको थियो ।


जन जागृती युवा कलवका अध्यक्ष महतोको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कलबका सदस्य रतनेश चौधरी गरेको रहेको थियो भने कार्यक्रमको सञ्चालन निवर्तमान सचिव विजय निरौलाले गर्नुभएको थियो ।

                                                                                         कार्यक्रमको तस्वीर:

May be an image of 8 people and people standing

May be an image of 2 people and people standing

 

May be an image of 5 people and people standing

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६