चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

  • प्रकाशित मितिः कार्तिक 30, 2079
  • मधेश स्पेशल
  • 241 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।


नेकपा एमालेले आज बुधवार सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ मा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।


नेकपा माओवादी केन्द्र धनगढीमाई नगरपालिका वडा नम्बर ५ मा वडा इन्चार्ज राम नाथ महतो, वडा नम्बर ६ का वडा सचिव मलुक महतोे, वडा नम्बर ४ का इन्चार्ज सुरेश महतो , ज्येष्ठ नागरिकका नगर संयोजक सिहेश्वर महतो लगायतका एमाले प्रवेश गरेका छन् ।


उनीहरुलाई एमालेका मधेश प्रदेश सह ईन्चार्ज तथा पूर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिला नाथ श्रेष्ठले माला तथा रातो टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

No description available.
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष राम औतार यादव, नेकपा एमालेका नगर अध्यक्ष मनोज कुमार यादव, नगर सदस्य राम सागर यादव र सिरहा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार शत्रुधन महतो लगायतको नेताहरुको उपस्थती रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

टी–ट्वान्टी टुनामेन्ट उद्घाटन खेलमा सिरहा र बैशाखा विजय , आज सुखीपुर र पतारी बिच खेल हुने

रोयाण्टर मण्डल लहान (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका वडा वडा नम्बर १ मोहनपुर कमलपुरमा टी–ट्वान्टी क्र

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६