विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

  • प्रकाशित मितिः कार्तिक 22, 2079
  • रोयाण्टर मण्डल 
  • 398 पटक पढिएको

रोयाण्टर मण्डल 
सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानिक कथा लागन सक्छ तर, यर्थात हो ।

भुत प्रेतको अस्तित्व छ भन्नेमा अझै धेरै मानिसहरु बिस्वाश गर्छन त्यसैले भुत भगाउनको लागि सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदिको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फुलबरिया, ईनर्वा लगायतका ठाउ“मा आज प्रत्येक बर्ष झै यस वर्ष पनि कात्र्तिक शुक्ल पुर्णिमाका दिन भुत मेला लागेको छ ।

May be an image of 8 people, people standing and body of water

बोक्साबोक्सी तथा धामीझाक्रीले तन्त्रबिद्या सिद्ध गर्ने भूत मेला सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदिको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फुलबरिया, ईनर्वा र भारतीय सहर जयनगरको त्रिवेणीमा अवस्थित कमला नदीमा पवित्र स्नान गर्न हजारौं सिकारु झाँक्री तथा गुरु यहाँबाट हिजो सोमबार प्रस्थान गरेका छन् ।

 

आज मंगलवार बिहान सूर्योदयसँगै उनीहरु कमला र गंगालगायत नदीहरुमा स्नान गर्नेछन् । सिकारु झाक्री कार्तिक पूणिर्माको दिन पवित्र नदीहरुमा स्नान जादुटुना स्थायी हुने तथा गुण चल्ने मान्यता रहेको सिकारु धामी राज कुमार मण्डलले बताउनुभयो ।


कात्र्तिक शुक्ल पुर्णिमाका दिन कमला नदिमा स्नान गर्दा बर्ष भरीको पापबाट मुक्ति पाउने जनविश्वास रहेको भतmजनहरुको कथन रहेको छ । प्रत्येक बर्ष झै पनि कमला नदिमा लाखौं लाख श्रद्धालु भक्तजनहरु स्नान गरेको मेलामा सुखीपुरका धामी चुल्हाई पंडितले बताउनुभयो ।


उहाँले भन्नुभयो– मेलामा धामी झाक्रीको विशेष चहल पहल हुने गरेकोले मेलालाई भुत मेला भन्छि । खासगरी मेलाको दिन सर्वसधारणहरु धामी झाक्रीको सहायोगमा आफ्नो कुलदेवताको शिद्ध प्राप्त गर्न कमलामा स्नान गर्ने गर्छन् ।


धामी झाक्रीहरुले भुत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात कात्र्तिक शुक्ल पुर्णिमाको दिन स्नान गर्ने सदियौंको परम्परा भएको सर्वसधारणहरु बताउछन् । स्नान गरेपश्चात मेलामा दहि च्यूरा खाने प्रचलन रहेको छ ।

May be an image of 10 people, people standing and outdoors

सिरहा र धनुषाको सिमानामा पर्ने कमलामा भुत मेलाका
                                         तस्विर : देव कुमार यादव / कमला नदी

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६