बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

  • प्रकाशित मितिः कार्तिक 21, 2079
  • मधेश स्पेशल
  • 313 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैंक सुखीपुर शाखाको अगाडी सुखीपुरका ब्यापरीहरुले घर्ना दिएको छ ।
 सुखीपुर ब्यपार समितिको अगुवाईमा आज सोमबाजार विहान १० बजे देखि ११ बजे सम्म घर्ना कार्यक्रम रहेको छ ।


हिजो आईतवार ब्याजदर वृद्धिको विरोधमा निकालिएको विरोध जुलुश सुखीपुर बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो । विरोध जुलुश सुखीपुरमा मात्रै होईन लहान, गोलबजार , मिर्चैया र सिरहा सदरमुकाममा समेत गरेका छन् ।


ब्याजदरवृद्धिले लागत बढ्ने भएकाले व्यापार सञ्चालन गर्न नसक्ने अवस्था आएका कारण ब्याजदर घटाउनुको मांग गर्दै आन्दोलनमा उत्रिएको सुखीपुर ब्यपार समितिका सचिव राकेश पुर्वेले बताउनुभयो ।


‘बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको निर्णय फिर्ता लिनका लागि पहल गरिदिन सरकार, निजी क्षेत्रका संघसंस्था, संघीय सरकार, अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत निकायसँग अनुरोध गरेका छ ।
आन्दोलन आफूहरूको रहर नभएर बाध्यता भएको सिरहा उधोग बाणिज्य संघ लहान सिरहाको उपाध्यक्ष तथा सुखीपुर ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरीले बताउनुभयो ।


वहाँले थप्दै भन्नुभयो ‘हामीसँग आन्दोलन गर्ने फुर्सद छैन । तर, संघीय राज्यले गर्दै आएका नीति–नियमका कारण आन्दोलनमा जानै पर्ने बाध्यता हामीलाई छ ।


अहिले हामीहरु आफनो मांग राख्दै नगर परिक्रमा मात्रै गरेको छु । सरकारले तत्काल ब्यपारी मांगको बारेमा सम्बोधन गरेर भने हामी सडक आन्दोलन लगायतको कठोर आन्दोलन गर्न बाध्य हुने महासचिव दिनेश यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६