टी–ट्वान्टी टुनामेन्ट उद्घाटन खेलमा सिरहा र बैशाखा विजय , आज सुखीपुर र पतारी बिच खेल हुने

  • प्रकाशित मितिः कार्तिक 9, 2079
  • मधेश स्पेशल
  • 88 पटक पढिएको

रोयाण्टर मण्डल लहान (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका वडा वडा नम्बर १ मोहनपुर कमलपुरमा टी–ट्वान्टी क्रिकेट टुनामेट सुरु भएको छ । मंगलबाटबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेल दुई चरणमा भएको छ । पहिलो चरणमा सिरहा रोयर टीम र आयोजक सरस्वती बहुमुखी क्याम्पस मोहनकमलपुर टीम विच भएको खेलमा रोयर सिरहाले विजय भएको छ भने गोलबजार र बैशखा टीम बिच भएको खेलमा बैशखाले जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मोहनपुर कमलपुर टीमले १६ ओभरमा ९ बिकेट गुमाउदै १०५ रन बनाएको थियो । १ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिरहा रोयर टीमले ९.३ ओभरमा २ विकेट गुमाउदै १०६ रन बनाउदै आयोजक टीमलाई पराजित गर्दै विजय हात पारेको छ । त्यसपछि दोस्रो चरणमा बैशखा र गोलबजार विच भएको खेलमा बैशखाले टस जितेर फिल्डींग रोजेर १५ ओभरमा गोलबजारलाई अल आउट गर्दै १०२ रनको लक्ष्य लिदै ब्याटिङ गर्दै बैशखा टीमले १६ ओभरमा ९ विकेट गुमाउदै १०२ रन ल्याए विजय भएको हो । टी–ट्वान्टी खेलमा समय अभावको कारण १६ ओभरमै समाप्न गर्ने गरी खेल भएको थियो भने आज पतारी र सुखीपुर विच १ बजे देखी खेल शुरु हुने आयोजकले जानकारी गराउनुभयो । आयोजक सरस्वती बहुमुखी क्याम्पस मोहनकमलपुरका क्यापस ब्यवस्थापन समितिी जेष्ठ सदस्य शुभुक लाल यादवको सभापतित्वमा भएको प्रतियोगिताको उदघाटन सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले गर्नुभएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै नगर प्रमुख यादवले अहिले युवाहरु बहुत अनुशासन हीन भएको छ । केही युवाहरु लागुऔषध कार्यमा समेत लागेको त्यस्ता खेलले कुलत कार्यबाट बचाउने माध्यम पनि हो । यो खेलबाट खेलाडीहरुले प्रदेश र राष्ट्रिय स्तरको खेलाडी बनी आफनो समाजको अग्र दिशामा लगोस् । अनुशासित जिवन विताउन पनि खेल एकदमै आवश्यक रहेको बताउनुभयो । वहाँले पत्रकारसंग कुरा गर्दै नगरलाई खेलकुदको क्षेत्रका रुपमा चिनाउन सहयोग पुगेको छ । खेलकुदले खेलाडिलाई राष्ट्र सम्म पुग्न सहयोग पुग्ने भएकाले गाउ टोलमा यस्ता खेलकुद हुन आवश्यक रहेको छ । नगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको नगर प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६