प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

  • प्रकाशित मितिः श्रावण 7, 2079
  • मधेश स्पेशल
  • 832 पटक पढिएको

विन्दे यादव
सुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्छ तर स्टिमेट भन्दा बढी काम गरेर पनि ९ लाख ३५ हजार रुपैयाँ बचत गरेको सुन्दा तपाईलाई आश्चर्य लागन सक्छ तर यर्थात हो ।


सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ मा श्रीराम जानकी मन्दिर पोखरी सौन्दर्यकारण उपभोक्ता समितिले स्टिमेट भन्दा कार्य गरेता पनि ९ लाख ३५ हजार रुपैयाँ बचत गरेर कार्यक्रम गरी सार्वजानिक गरेको छ ।


यो एउटा यस्तो समिति जो आफुले गरेको कामको शतप्रतिशत ग्यारेण्टी दिन्छ । आफुले गरेको कामको लाईभ होस भनेर ठोकुवा भन्छ तर आफुहरु प्रदेशमै नमुना कामगरी नमुना उपभोक्ता समिति भनेर चिनाउने चाहेको थिए आज पुरा भएको छ । यो कम क्वालिटी काम गरेर बचत भएको रकम होईन जुन स्टिमेट छ । त्यो मा दर रेट अत्यधिक भएकोले सोही अत्यधिक रकमबाट बचत भएको रकम हो । जम्मा खातामा आएको ३७ लाख ५ हजार रहेको थियो र सोही रकमबाट बचत भएको छ । बचत रकम पोखरीमै अन्य काममा लगाउने उपभोक्ता समितिका कोषाध्यक्ष राम प्रसाद चौधरी (रामजानकी) ले जानकारी गरउनुभयो ।


मधेश प्रदेश सभा सदस्य मदन सेन श्रीवास्तवको पहलमा मधेस प्रदेश सरकार पर्यटन बोर्डको आर्थिक सहयोगमा पोखरीको चैती घाट निर्माण भएको छ । उक्त निर्माण काम प्रदेशमै उदारणीय कार्य गर्ने उपभोक्ता समितिलाई पनि कार्यक्रममै सम्मान गरेका छन् ।


शुक्रवार एक खुला कार्यक्रम आयोजना गरी आफुले गरेको कार्य योजना प्रस्तुत गर्दै बचत गरेको सार्वजानिक गरेपछि सहभागीहरु ताली पिटेर समितिलाई शुभकामना दिनुभयो ।


मधेश प्रदेशका प्रदेश सदस्य मदन सेन श्रीवास्तावको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा विशष्ठ अतिथी मधेश प्रदेशका प्रदेश सदस्य नरेश कुमार यादव, मधेश प्रदेशका प्रदेश सदस्य सुनिता राम, भुपु गाविस अध्यक्ष लक्ष्मण चौधरी, अतिथी किशोरी प्रसाद चौधरी चौधरी, श्री राम जानकी मन्दिर सेवा समितिका अध्यक्ष नागेश्वर प्रसाद चौधरी , अध्यक्षता श्रीराम जानकी मन्दिर पोखरी सौन्दर्यकारण उपभोक्ता समितिका अध्यक्ष धनेश्वर प्रसाद चौधरी, उद्घोषण चैती छठ महोत्सव समितिका सचिव ओम प्रकाश गुप्ता र कार्यको जनकारी उपभोक्ता समितिका कोषाध्यक्ष राम प्रसाद चौधरी (रामजानकी) ले गर्नुभएको थियो ।


उभोक्ता समिति, प्रमुख अतिथी, विशिष्ठ अतिथी, अतिथी तथा सहभागाीहरुलाई सम्मान गर्नुभएको छ । विकासमा प्रतिस्पर्धा गराउनका लागि यो सम्मानले थप प्रोत्साहन गर्ने वक्र्ताहरुले मन्तब्य व्यक्त राख्नुुभएको थियो ।

May be an image of 3 people, people sitting and people standing

May be an image of 8 people, people standing, body of water and tree

May be an image of 8 people, people standing, tree and outdoors

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६