विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

  • प्रकाशित मितिः असार 29, 2079
  • मधेश स्पेशल
  • 564 पटक पढिएको

विन्दे यादव
सुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्रदान गरिने भएको छ ।


विद्यापति पुरस्कार कोष जनकपुरधामले बुधवार मैथिली भाषाका महाकवी विद्यापतिको नामबाट स्थापित पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक गरेको हो ।
विद्यापति मैथिली भाषा साहित्य पुरस्कार धनुषा देउरी परवाहाका झालाई प्रदान गरिनेछ ।


यस्तै विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा जनकपुर उपमहानगरपालिका २ का निर्मला झा र जनकपुर उपमहानगरपालिका ८ का अशोक कुमार दत्तलाई र नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरी कन्चनपुर नगरपालिका बस्ने डा. सुर्य प्रसाद यादवलाई दिइने भएको छ ।


नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार लहान नगरपालिका वडा नम्वर ५ का अर्जुन प्रसाद गुप्ता (दर्दिला) लाई दिइने भएको विद्यापति पुरस्कार कोष जनकपुरधामका सदस्य सचिव रुद्र कुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६