६ वर्षपछि ‘धरान रंगशाला’ फर्किने बुढासुब्बा गोल्डकप

  • प्रकाशित मितिः पुष 13, 2074
  • मधेश स्पेशल
  • 330 पटक पढिएको

१३, पुष २०७४ / पानवारी: अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १९ औं संस्करण पार गरी यस वर्ष २० औं संस्करण हुने तयारीमा छ ।

आयोजक धरान फुटबल क्लबले २०५५ सालमा पहिलो अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप सुरु गरेसँगै १३ वर्षसम्म निरन्तर धरान रंगशालामा प्रतियोगिता सम्पन्न ग¥यो । त्यसपछि धरान रंगशालामा भौतिक पूर्वाधारको निर्माण हुदै गरेकोले प्रतियोगिताको १४ औं संस्करणदेखी १९ औं संस्करणसम्म धरान स्थित एन्फा एकेडेमीमा सम्पन्न भयो । अझै धरान रंगशालाको निर्माण सम्पन्न भएको छैन यद्यपी जसोतसो खेल सञ्चालन गर्न सक्ने पूर्वाधार तयार भएकोले धरान रंगशालामा यसवर्षको प्रतियोगिता सञ्चालन गर्न लागिएको धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले बताए ।

यस अघिका प्रतियोगितामा करिब आधा बजेट खेल मैदानमा अस्थायी संरचना प्याराफिट निर्माणदेखि फुटबल कोर्ट घेराबारा निर्माणमा खर्च हुने गरेको थियो । यसवर्ष धरान रंगशालाको कम्पाउण्ड घेराबारा तथा आंशिक रुपमा प्याराफिट समेत निर्माण भएको छ । त्यस्तै ‘फुटबल कोर्ट’ पनि तारजालिले घेराबारा गर्न ठेक्का लागीसकेको र बुढासुब्बा गोल्डकप सञ्चालन हुनु पूर्व घेराबारा सकिने भएकोले यसवर्षको बुढासुब्बा गोल्डकपमा उक्त बजेटमा न्युन खर्च हुने महासचिव तामाङले बताए ।

अहिले धरान रंगशालामा मैदानमा पानी लगाउनेदेखि मैदान सफा गर्ने काम सुरु भइसकेको पनि महासचिव तामाङले जानकारी गराएका छन् । उनले प्रतियोगिता चाडै हुने भएकोले रंगशालालाई तयारी अवस्थामा राख्न काम थालिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अभियान लघुवित्त वित्तीय संस्थाका शाखा सुखीपुरमा स्थापना

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सुखीपुरमा आफ्नो शाखा कार्यालय

सुखीपुरमा मिथिला लोक सांस्कृतिक महोत्सव हुने

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुरमा “अपन संस्कृति अपन पहिचान, समृद्ध संस्कृती हमर अभियान&rdq

सुखीपुरमा संस्कृति जोगाउन चित्र कला प्रदर्शनी

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / दक्षिण कोरिया र मिथिला चित्र कला प्रदर्शनी सोमबार देखि बुधवार ( माघ २७ देखि


सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Pradeshportal.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६