रोयाण्टर मण्डल
सिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी भएको छ ।
शनिवार सुखीपुर व्यपार समितिको भवनमा भएको कार्यपालिकाको चुनावका लागि तीन खुल्ला सदस्य र पाँच निर्वाचित महिला सदस्यहरू गरी ८ पदका लागि चुनाव हुँदा एमाले र नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार बिजयी भएका हुन ।
दुई पार्टी बीचको गठबन्धनबाट खुल्ला सदस्यमा सुकन चमार, देवकुमारी मण्डल (नेकपा एमाले) र नेपाली काँग्रेस केन्द्रबाट ललन सिंह दनुवारले विजयी हुनुभएको छ । यस्तै महिला सदस्यमा एमालेबाट रामवती देवी ठाकुर, विमला देवी पासमान तथा नेपाली काँग्रेसबाट अमिना मियानी, फूल कुमारी सुडिन र देव सुनैर देवी पासमान विजयी हुनुभएको छ ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अलगै अलग चुनावमा भाग लिएको थियो ।
सुखीपुर नगरपालिकामा अध्यक्ष नेकपा एमालेबाट रामऔतार यादव र उपाध्यक्ष पदमा रेणु देवी साह निर्वाचित हुनुभएको हो । १० वटा वडा रहेको सुखीपुर नगरपालिकामा ५ वडा नेकपा एमाले, दुई वडामा नेपाली कांग्रेस र एक/एक वडामा नेकपा माओवादी, एककिकृत समाजवादी र जसपाले जितेको छ ।
सुखीपुर नगर कार्यपालिकामा एमाले कांग्रेसकाे गठवन्धन विजय भएपछि एमाले कांग्रेसका कार्यकर्ताहरु एकअर्कालाई अविर माला लगाएर खुशी मनाउदै ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदिय... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६