नेपाली काँग्रेसका युवा नेता जनमतमा प्रवेश गरे लगत्तै टिकट

  • प्रकाशित मितिः बैशाख 11, 2079
  • मधेश स्पेशल
  • 1090 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) । नेपाली काँग्रेस पार्टीे परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेका विपी भुवन यादवलाई जनमतले सुखीपुर नगरपालिकाको मेयर बनाउने निर्णय गरेको छ । यादव आजै आइतबार काँग्रेस परित्याग गरेर जनमतमा प्रवेश गरेका हुन् ।

 

जनमत पार्टी अध्यक्ष सिके राउतले यादवलाई पार्टी प्रवेश गराएका हुन् । यादव काँग्रेसबाट सुखीपुर नगरपालिकामा मेयरका आकांक्षी रहेका थिए । तर काँग्रेसबाट टिकट नपाउने भएपछि जनमतमा प्रवेश गरेको उनका निकटस्थहरू बताउँछन् ।



यादव सुखीपुर नगरपालिकाका काँग्रेसका प्रभावशाली युवा नेता हुन् । गत स्थानीय चुनावमा पनि टिकटको लागि अग्र स्थानमा नाम चयन भएता पनि टिकट पाएका थिएन् । यस पल्ट पनि टिकट नपाएपछि जनमतमा प्रवेश गरेका हुन् । वहाँले पार्टी कामको साथ साथै सुखीपुरमा सुखीपुर नगर सुधार समिति गठनगरी विभिन्न प्रकारका समाजिक कार्यहरु गर्दै आएका हुन् ।



तत्कालीन सरकारले सुखीपुर नगरपालिकालाई गाउँपालिका बनाएपछि यादवले सुखीपुर नगरपालिकाका बचाऊ संघर्ष समिति गठन गरेर संयोजकबनी आफू पनि आमरण अनशनमा बसेर नगरपालिका फर्काउन सफल भएका हुन । वहाँले गरेका कार्यहरु सुखीपुर नगरपालिकाको प्रत्येक नागरिकको लोकप्रिय भएता पनि काँग्रेसले टिकट नदिएपछि पार्टी परिवर्तन गरेर जनमतमा प्रवेश गरी मेयर टिकट पाएपछि वहाँका शुभचिन्तकहरु खुशि भएका छन् ।



यता, मेयरका टिकट पाउनेहरुमा नेकपा एमालेबाट राम औतार यादव, नेपाली काँग्रेसबाट राम कुमार यादव (बाबा), जसपाबाट जिवछ यादव, लोसपाबाट दौरिक चौधरी, नेकपा एकीकृत समाजवादीबाट हरिवंश महतो र माओवादी केन्द्रबाट विनोद यादवलाई टिकट दिने पक्का भएको बजारमा चर्चा भए रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६