कांग्रेस जनकपुरका सभापति साहद्वारा पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा

  • प्रकाशित मितिः बैशाख 9, 2079
  • मधेश स्पेशल
  • 791 पटक पढिएको

शैलेन्द्र महतो
जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर समितिका सभापति मनोज साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।


सभापति साहले पार्टी परित्याग गर्दै जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।


नगर प्रमुखसहित १५ वटा वडामा वडाध्यक्षमा पनि कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिने उनले घोषणा गरे।


शुक्रबार पत्रकार सम्मेलन गरी साहले पार्टीको नगर सभापति र साधारण सदस्यबाट समेत पदबाट राजीनामा दिएको जनाएका छन्।


उनले आफूसँगै कांग्रेसका १५० जना भन्दा बढी सक्रिय सदस्यले राजीनामा दिएको दाबी गरेका छन्।

त्यसक्रममा साहले गठबन्धनबाट कांग्रेसले जनकपुर उपमहानगरमा प्रमुख पदमा उम्मेदवारी दिन्छ भने निर्णय पुनर्विचार गर्ने जनाएका छन्।

केन्द्रमा पाँचदलीय गठबन्धनबीच भएको भागबन्डामा जनकपुरधामको प्रमुख जनता समाजवादी पार्टी ९जसपा० को भागमा परेपछि कांग्रेस कार्यकर्ता रुष्ट बनेका छन्।
– nepalkhabar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६