नेपालगञ्ज, । बाँकेमा जनता समाजवादी पार्टी पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारी कांग्रेसले नछोडेपछि जसपा गठबन्धनबाट अलग भएको हो घोषणा गरेको हो ।
जसपाले कांग्रेस र माओवादी सम्मिलित गठबन्धन छाडेपछि एकल निर्णय गर्दै चारवटा पालिकामा उम्मेदवार पनि तय गरेको छ ।
जसपा नेता मोहम्मद इस्तियाक रायनले कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छाडेपछि अब त्यसभित्रकै विचार मिल्ने दलसँग तालमेल गर्ने बताएका छन् ।
उनले भने, ‘बाँकेको हकमा हामीले गठबन्धन छाड्यौ । यो देशभर पनि जान सक्छ । हाम्रो पार्टीलाई फाइदा हुँदैन भने गठबन्धन आवश्यक छैन ।’ ‘पहाडमा हाम्रो संगठन नै छैन, त्यहाँ कांग्रेसले जानै नदिने’, उनले भने, ‘तराईका हाम्रो जनाधार भएका ठाउँमा पनि कांग्रेसले नछाड्ने भएपछि हामी बाहिरिएका हौँ ।’
जसपाले नेपालगञ्ज उपमहानगरपालिकासहित ४ पालिकामा उम्मेदवार पनि तय गरेको छ । जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा कमरूद्विन रायलाई उमेदवार बनाएको छ ।
यस्तै डुडुवा गाउँपालिकामा भण्डारीलाल यादव, जानकी गाउँपालिकामा राजीव बर्मा र नरैनापुरमा इस्तियाक अहमद साहलाई उम्मेदवार बनाएको छ ।
बाँकेबाट जसपा गठबन्धनबाट बाहिरिएपछि अब सात बुँदे सहमतिअनुसार गठबन्धनकै दलसँग तालमेल हुने जनाइएको छ ।
नेपालगञ्जमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०७४ को स्थानीय निर्वाचनमा विजयी मेयर धवल शमशेर जबरा नउठ्ने भएपछि मेयरमा कांग्रेस र जसपाबीच प्रतिस्पर्धा हुन सक्ने सम्भावना छ ।
जसपाले मागेको नेपालगञ्जको मेयर कांग्रेसले नदिने बताएपछि देशभर गठबन्धन नरहने चेतावनी पनि रायनले दिए ।
जसपाले कांग्रेससँग वीरगञ्ज महानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, कांग्रेसले यसअघि जितेको कलैया उपमहानगरपालिका मागेको थियो । त्यस्तै अर्को एउटा उपमहानगर दिन पनि जसपाले भनेको थियो ।
बाँकेको हकमा एमालेले जितेका चारवटा पालिकामा गठबन्धन गरौँ भन्दा कांग्रेसले नमानेको जसपाको दाबी छ । सभार -मधेशवाणी
प्रतिक्रिया दिनुहोस
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६