'ना खाऊंगा ना खाने दूंगा' भन्दै सुखीपुर नगरपालिकाको मेयर पदको उम्मेदवारी घोषणा सुखीपुरको मेयरमा नेपाली कांग्रेसका युवा नेता यादवको उम्मेदवारी घोषणा

  • प्रकाशित मितिः बैशाख 2, 2079
  • मधेश स्पेशल
  • 513 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसका युवा नेता वीपि भुवन यादवले सुखीपुर नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् ।

 

यादवले सुखीपुर नगरपालिकाको जन्म दिनको अवसरमा गायत्री संकल्प यज्ञको कुण्डमा बसी “भ्रष्टाचार मुक्त नगर – समृद्ध नगर” बनाउने आफु केही सेवा सुविधा नलिई जनताको सेवक बनेर सेवा गर्ने संकल्प लिएर सुखीपुर नगरको मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।



नगर सुधार समिति सुखीपुरका संयोजक समेत रहेका यादवले मेयर बनेपछि 'ना खाऊंगा ना खाने दूंगा' प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।

 

सिरहा क्षेत्र नम्बर २ मा प्रदेश प्रतिनिधीमा चयन हुनभएका युवा नेता यादव लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

 

सुखीपुर नगरपालिकालाई तत्कालिन सरकारले गाउँपालिकामा परिवर्तन गरेपछि विभिन्न चरणबद्ध आन्दोलन गर्दै आमरण अनशनको संयोजक बनी सरकारलाई नगरपालिकामा पुन फर्काउन घुटना ठेकाएर मांग पुरा गराउनेहरुमा वहाँ पनि हुन् ।

 

राजनीतिमा सक्रियता सँगसँगै वहाँले गाउँ समाजको हकहितका लागि समेत निरन्तर काम गर्दै आए रहेका छन् । जीवनको महत्वपूर्ण उत्पादनशील समय देश, जनता र लोकतन्त्रको लागि खर्चेको बताउने यादव एक उर्जाशील युवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६