१३, पुष २०७४ / झापा: भारतीय औषधी कम्पनीले पूर्वी नेपालमा नेटवर्किङ मार्फत प्रतिबन्धित औषधीको बिक्री वितरण गर्न झापाको पूर्वी नाका काकँडभिट्टालाई प्रयोग गरेको खुलेको छ । सरकारले स्वीकृति नदिएको भारतीय कम्पनीका औषधी नेपाल भित्र्याउन संलग्न नेपाली युवायुवतीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त रहस्य खुलेको हो । पूर्वको झापा, मोरङ, सुनसरी, इलाम लगायतको जिल्लामा ओरिन्स् भारतीय कम्पनीले उत्पादन गरेको आयुर्वेदिक औषधीलाई नेटवर्किङमार्फत नेपाली बजारमा बिक्री वितरण गराउन कलेज पढ्ने युवायुवतीलाई प्रयोग गर्दै आइरहेको अनुसन्धानबाट खुलेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट डिएसपी दिनेश बस्नेतले जानकारी दिए । रोजगारीको आश्वासनमा युवायुवतीलाई अवैध कारोबारमा संलग्न गराएको उनले बताए ।
काकँडभिट्टा नाकाबाट भित्र्याएको २ लाख ३२ हजार मुल्य बराबरको नेपालमा प्रतिबन्धित आयुर्वेदिक औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले काँकडभिट्टाको मूल गेट र जोरसिमल चेकपोष्टबाट उक्त मूल्य बराबरको आयुर्वेदिक औषधी बरामद गरेको हो । सरकारले प्रतिबन्ध लगाएको ओरिन्स् भारतीय कम्पनीले उत्पादन गरेको विभिन्न किसिमका आयुर्वेदिक औषधि बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार ओरिन्स् कम्पनीका ट्रोनिक्स, जुस, क्रिम, टेब्लेट लगायतको औषधी फेला परेको छ । बरामद गरिएको औषधीलाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको डिएसपी बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर ७ मा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ । सोम
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्तरीय खिचडी महोत्सव यसपाली पनि हुने भएको छ । प्रकृती बचा
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कु
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका ... ... ...
सिरहा / सिरहाको सुखीपुर नगर पालिकामा दोस्रो नगर स्... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका... ... ...
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६