कांग्रेसको सिरहा जिल्ला सभापतिमा यादव विजयी

  • प्रकाशित मितिः फाल्गुन 24, 2078
  • मधेश स्पेशल
  • 468 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) । नेपाली कांग्रेस सिरहा जिल्ला सभापतिमा पुनः राम चन्द्र यादव विजयी भएका छन् ।


अर्का प्रतिस्पर्धी राम सुन्दर चौधरीलाई ५३९ मतले हराउँदै यादव जिल्ला सभापति निर्वाचित भएका छन् । यादवले १४२६ र चौधरीले ८८७ मत पाएका छन् ।

 

यादबलाई केन्द्रीय नेतृ चित्रलेखा यादव लगायतको समर्थन गरेका थिए । यस्तै चौधरीलाई केन्द्रीय नेतृ सीता देवी, केन्द्रीय नेता प्रदिप गिरी, केन्द्रीय नेता पदम नरायण चौधरी, नेता गणेश मण्डल, मधेश प्रदेशका सासंद तथा नेपाली कांग्रेसका युवा नेता नरेश कुमार यादव लगायतका समर्थन थियो ।

 

हिजो सोमबार चुनावमा यादव पक्षले धाधली गरेकोले चुनावको परिणाम आएको छ । धाधली नभएको भए चौधरीको विजय पक्कै हुने बला थियो । तर धाधलीगरी यादवको विजयभएको चौधरी पक्षका नेताहरुको आरोप रहेको छ भने यादव पक्षले चुनाव माहुल यादवको पक्षमा देखि पछि नै मतदान भए रहेकै बेला देखि चुनाव हार्ने देखर धाधरीको आरोप लगाएको छ । त्यो आरोपमा सत्यता नरहेको यादव पक्षका नेताहरु बताउनुभयो ।

 

१४औं जिल्ला अधिवेशन अन्तर्गत सिरहाको गोलबजारमा भएको मतदान स्थलमा समाचार संकलन पुगेका पत्रकारहरुलाई पनि रोक लगाएपछि पत्रकारहरु सञ्चार उपकरणसहित धर्ना बसी विरोध गरेका थिए । समाचार संकलनमा रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघ प्रदेश समिति र सिरहा शाखाले भत्र्सना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६