नेपाली काँग्रेस सिरहाको निर्वाचनमा को बलियो ? यादव र गैर यादव मतदाताको नाराले काम गर्छ कि अन्य फर्मूलाले काम गर्छ

  • प्रकाशित मितिः फाल्गुन 8, 2078
  • मधेश स्पेशल
  • 482 पटक पढिएको

जिवछ उदासी
नेपाली काँग्रेस सिरहाको नेतृत्व चयनको लागि फागुन १५ गते निर्वाचन हुन गइरहेको छ ।
सभापति पदको लागि चुनावी मैदानमा वर्तमान सभापति रामचन्द्र यादव र पुर्व जिल्ला उपसभापति रहि सक्नु भएको राम सुन्दर चौधरी उत्रिनु भएको छ । कसले मार्ला बाजी कसको पक्षमा २६५० मतदाता होला राजी ? सनसनी चर्चाको विषय बनेको छ । दुबै उम्मेदबार जीतको दाबी गरि रहनु भएको छ ।

 

स्थानीय चुनाव मुखैमा परेकोले चुनाव झन रुचिकर बन्दै जान थालेको छ । यादब र चौधरी दुबै देउवा समूहमै रहेकोले चुनाव निकै पेचिलो बनि रहेको छ । यादव र गैर यादव मतदाताको नाराले काम गर्छ कि अन्य फर्मूलाले काम गर्छ मतदाताहरुको मुडमा भर पर्छ । यादव नेता र मतदाता जसरी बिभाजित देखिएको छ यहि अवस्था रहि रहयो भने राम सुन्दर चौधरीको पलरा भारी हुने काँग्रेसीजनहरुमा चर्चा छ । राम चन्द्र यादबलाई केन्द्रीय नेतृ चित्रलेखा यादवको साथ छ भने राम सुन्दर चौधरीलाई केन्द्रीय नेतृ सीता देवीको आशीर्वाद रहेको छ ।

 

केन्द्रीय नेता प्रदिप गिरी स्वास्थ्य उपचारमा देश बाहिर रहनु भएको छ । अर्का केन्द्रीय सदस्य पद्म नारायण चौधरीकै उपस्थितिमा बाटिका टुरिज्ममा राम सुन्दर चौधरी सभापतिको उम्मेदबार घोषणा गर्नु भएको थियो भने एमालेको किल्ला सरे अम्बासमा फस्ट जनवरीको दिन नेपाली काँग्रेस प्रदेश २ का अध्यक्ष कृष्ण कुमार यादवको प्रमुख आतिथ्य र ६ हजार नेता कार्यकर्ताको वुहत्त उपस्थितिमा राम चन्द्र यादव उम्मेदबारी घोषणा गर्नु भएको थियो ।

 

जति दिन नजिकिँदै जान्छ,त्यति नै मतदाता र केन्द्रीय नेताहरु कसलाई जिल्ला सभापतिमा निर्वाचित गरे आफ्नो अनुकूल हुने तर्फ हिसाव किताव गर्ने निश्चित छ । गेल माघ २९ दिन बाँकी झै चुनाव हुन ७ दिन बाँकी छ । हेर्दै जाउ मैथली भनाई झै कुन गरे ऊँट बैठतै नेता कार्यकर्ता र मतदाताको मुडमा भर पर्छ यसै भन्न गाह्रो छ ।

 

(लेखकको फेशबुक वालबाट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६