अहिलेको प्रतिगामी संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

  • प्रकाशित मितिः फाल्गुन 6, 2078
  • मधेश स्पेशल
  • 226 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान प्रतिगामी रहेकोले संशोधन गर्नुपर्ने बताएका छन् ।

 

विहीवार सिरहाको औरही गाउँपालिका वडा नम्बर ३ करहबामा जनता समाजवादी पार्टी औरहीको आयोजनामा वृहत पार्टी प्रवेश समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यो संविधान भन्दा पहिले नेपालमा अन्तरिम संविधान थियो । त्यो अन्तरिम संविधानलाई जलाएपछि मधेशमा मधेश विद्रोह भयो । मधेश विद्रोहकै कारण मधेशी, जनजाती, दलित र पिछडा वर्गको अधिकार मांगहरु लेखियो तर लेखिएको अधिकांश अधिकारलाई पनि हटाएर लेखिएको संविधान प्रतिगामी रहेकोले संविधान संशोधन अविलम्ब गर्नुपर्ने बताए ।

समुदायको जनसंख्याको अधारमा समावेशी समानुपातिक लगायतको अधिकारलाई समाप्त गरी अहिलेको संविधान लेखिएको छ । अब सबै जात–जाति तथा समुदायको मांगलाई सम्बोधन गर्नेगरी संविधान संशोधन गर्न लगाउने एक मात्र जनता समाजवादी पार्टी नै रहेको उनले दावी गरे ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप समेत परिर्वतनगरी समानुपाति प्रणाली बनाउनुपर्छ । समानुपातिक प्रणालीमा चुनावमा न त पार्टीको खर्च हुन्छ न त उम्मेदवारको तर अहिलेको निर्वाचन प्रणालीमा गरिब वर्गलाई चुनाव लडन कठिन भईरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६