युवा संघ सिरहामा शर्मा सर्व सहमत 

  • प्रकाशित मितिः माघ 13, 2078
  • मधेश स्पेशल
  • 190 पटक पढिएको

रामजी प्रजापती
लहान । सिरहाको नेकपा एमाले निकट भातृ संगठन युवा संघको जिल्ला नेतृत्वमा जय प्रकाश शर्मालाई सर्व सहमत चयन गरिएको छ ।

सिरहामा आयोजित युवाहरुको एक भेलाले शर्मालाई प्रमुख जिम्मेवारी दिएको नेता रामकुमार शाहले बताउनु भएको छ ।

 

धनगढीमाई १२ सिमलटोकी घर भएका युवा शर्मा विगत लामो समयदेखि नेकपा एमालेको संगठनमा आबद्ध भएर काम गर्दै आएका छन् ।

 

पार्टीमा अशल नेतृत्व क्षमता भएका दूरदर्शी सहनशील नेताको रूपमा परिचित शर्माले समाजमा आएका कठिनाई र आपत विपतमा परेका गरीब ,विपन्नलाई सहयोग गर्दै आएका छन् भने उनले स्थानिय स्तरमा दलितको लागि शौचालय निर्माण गरिदिएर चौतर्फी नाम कमाएका छन् ।

 

खासगरी उनको नेतृत्व क्षमताको मूल्यांकन गर्दै युवाको गरिमामय पदको जिम्मेवारी दिएको प्रभावशाली नेता शिवशंकर महतोले बताए ।

उनको नेतृत्वबाट जिल्लामा नेकपा एमालेको राम्रो जनलहर आउनेमा जिल्ला बासी विश्वस्त बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुर नगरपालिकामा पुनः राम औतार यादव विजयी भएपछि विशाल विजयी जुलुस

रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेले विजयी जुलुस निकालेको छ । सुखीपुर नगरपालि

प्रधानमन्त्रीको वडामा नेपाली कांग्रेस (विपी) ले विजय भएपछि सुखीपुरमा गुलियो विस्कुट वितरण

डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली क

लोकप्रिय नेता राजेन्द्र चौधरी ७ सय ४४ मत ल्याई दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित

सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६