प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

  • प्रकाशित मितिः माघ 3, 2078
  • मधेश स्पेशल
  • 254 पटक पढिएको

शैलेन्द्र महतो
जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ।


सोमबार प्रदेश सभामा भएको मतदानमा सो प्रस्तावमाथि दुई तिहाई मतले जनकपुरधाम राजधानी कायम गर्ने निर्णय गरेको हो।

प्रदेश सभामा कायम १०४ मध्ये ९८ सांसदले मतदान गरेका थिए, जसमा ७९ मत जनकपुरधामको पक्षमा खसेको छ।

दुई तिहाई मतले निर्णय गरेसँगै सभामुख सरोज यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम भएको घोषणा गरेका छन्।


‘जनकपुरधाम’ लाई स्थायी राजधानी बनाउनुपर्ने सबै दलको संयुक्त प्रस्ताव हो।

उत्तरमा धनुषा ढल्केबरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल–भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा क्षेत्र रहेको जनकपुरधाम अब प्रदेश २ को राजधानी कायम भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६