चितवन / लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् ।
शुक्रबार चितवनमा नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ठाकुरले ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए ।
मधेस तथा थरूहट आन्दोलनका क्रममा २९२ जनामाथि लगाइएका मुद्दामध्ये तत्कालीन प्रधानमन्त्री ओलीको सद्भावनाले गर्दा १३९ जना रिहा भएको पनि उनले चर्चा गरे । मधेसका माग पूरा गर्ने सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराए ।
संविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । (रातोपाटीबाट)
प्रतिक्रिया दिनुहोस
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए र... ... ...
विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथि... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६