तथ्यांकमा काेराेना भाइरस - COVID - 19

मारुती सिमेन्ट पनि गुणस्तर हिन, बिक्री वितरणमा रोक

  • प्रकाशित मितिः मंसिर 2, 2078
  • मधेश स्पेशल
  • 164 पटक पढिएको

सिरहा । गुणस्तर तथा नापतौल विभागले तीन उद्योगको सिमेन्टको बिक्री वितरण रोक्का गरेको छ । मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण दिन समेत पत्राचार गरेको छ ।

ती सिमेन्टको गुणस्तर परीक्षण गर्दा मापदण्ड अनुरुप गुणस्तर नभएकाले बिक्री वितरणमा रोक लगाउँदै स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । ‘सिराहाको गोलबजार नगरपालिका ९मा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर पुगेन,’ विभागका महानिर्देशक विश्वबावु पुडाशैनीले भने, ‘कम्पनीले ४३र५३ ग्रेड भएको दाबी गरेपनि त्यो देखिएन ।’

Maruti OPC Cement - Gharbanau.comयुनाइटेड सिमेन्टको १५ मा १ योजना सम्पन्नPortland Slag Cement(PSC)

पुडाशैनीका अनुसार मारुतीबाट संकलन गरिएको नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमश ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ थियो । यस्तै, जगदम्बाबाट संकलित नमुनाको कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै पुगेको थियो ।

‘सिमेन्टको स्ट्रेन्थ कम हुनु भनेको गुणस्तर कम हुनु हो,’ उनले भने, ‘मारुतीको ओपिसी ४३ ग्रेड, युनाइटेडको ओपिसी ग्रेड ५३ र जगदम्बाको पिपिसीको बिक्री बितरण रोक्न पत्राचार गरेका छौं ।’ ती कम्पनीहरुलाई गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार स्पष्टीकरण सोधी कारबाही गरिने उनले बताए । गुणस्तर कम भेटिएको ब्याचका सिमेन्ट बजारबाट फिर्ता लिन पनि विभागले निर्देशन दिएको छ ।

त्यस्तै विभागले धनुषाको जानकी केवल इन्टरनेट कम्पनीलाई ०।७ एमएम स्क्वायर र १ एमएम स्क्वायर पिभिसी केवलको बिक्री वितरण रोक्न निर्देशन दिएको छ । सो केवल नेपाल गुणस्तरबमोजिम नरहेको जनाउँदै विभागले उल्लेखित साइजको पिभिसी बजारबाट फिर्ता लिन निर्देशन दिएको छ ।

बाराको ग्यास वान नेपाललाई पनि स्पष्टीकरण सोधिएको छ । सो ग्यास उद्योगले सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, सिभिटी मेसिन नभएको, सिलिण्डर धुने व्यवस्था नभएको लगायतका मापदण्ड पुरा नगरेको जनाउँदै बोटलिङको कार्य बन्द गर्न विभागले निर्देशन दिएको छ । (स्रोत – salheshtimes)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

जनमत पार्टीका कार्यकर्ता हिंसात्मक भएको भन्दै कारबाही गर्न मधेश सरकारको निर्देशन

शैलेन्द्र क्रान्ति जनकपुरधाम । मधेश प्रदेश सरकारले बुधबार जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीक

युवा संघ सिरहामा शर्मा सर्व सहमत 

रामजी प्रजापती लहान । सिरहाको नेकपा एमाले निकट भातृ संगठन युवा संघको जिल्ला नेतृत्वमा जय प्रकाश शर्मालाई

जिल्ला प्रशासनको धज्जी उडाउदै हाटबजार

बिनोद मण्डल सिरहा / देशमा कोरोना डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रमण बढिरहेको अवस्थामा गृह मन्त

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६