निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि भोईलमा चक्का जाम

  • प्रकाशित मितिः कार्तिक 22, 2078
  • मधेश स्पेशल
  • 751 पटक पढिएको

मनिष कुमार मण्डल
जनकपुरधाम / निर्माण व्यवसायीले ढिलासुस्ती गरेको भन्दै जनकपुर उप महानगरपालिका वडा नम्वर १८ स्थित भोईलका गाउँवासीहरु हुलाकी सडकमा चक्का जाम गरेको छ ।

 

सडक खण्ड अन्तरगत एक किलोमिटर सडक निर्माणका ठेकेदार कम्पनीले चरण लापरवाही गर्दा आफूहरुको आवत जावतमा कठिनाई भएको र सडकमा पानी , धुलो, धुवा प्रदूषण , खाल्डाखुल्डीका कारण आवत जावतमा समस्या भएको भन्दै उनीहरुले चक्का जाम गरेर विरोध जनाएका हुन् ।

No description available.

आज सोमवार विहान ८ बजे देखि ११ बजे सम्म सडक जाम गर्नेभएपछि गाडीहरु रोकिएको छ । गाडीमा सबार यात्रुहरु समयमा गन्तव्यमा पुगन नसकेकोले यात्रुहरु दुखेसो पोख्नुभयो ।

 

सडकका ठाउँमा बनेका ठूला खाल्डामा पानीको दह जम्दा सवारी साधन र पेटीमा यात्रा गर्ने पैदल यात्रुले समेत सास्ती खेप्दै आएका छन् । जनताले दुःख पाएकैले सरोकार भएका निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको स्थानीय माघब मण्डलले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६