नेपाली कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मितिः कार्तिक २०, २०७८
  • मधेश स्पेशल
  • 836 पटक पढिएको

सुखीपुर समाचारदाता
सुखीपुर (सिरहा) / नेपाली कांग्रेसले आज सुखीपुरमा शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

No description available.

कार्यक्रममा जिल्ला सभापति रामचन्द्र यादव, जिल्ला उपसभापति विष्णु बानिया, नेता तपेश्वर यादव लगायतले शुभकामना दिदै कांग्रेसका हरेक कार्यकर्ता क्षमतावान र नैतिकवान रहेको बताउँदै एक जुट भएर लागेमा जुनसुकै मिसन सफल हुने बिश्वास व्यक्त गर्नु भएको थियो ।

 

नेपाली कांग्रेस सुखीपुर नगर कार्य समितिको आयोजनामा सुखीपुर ब्यपार समितिको प्राङ्गनमा शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथी सिरहाका जिल्ला सभापति राम चन्द्र यादव रहेको थियो भने सुखीपुर नगर कार्य समितिको नगर संयोजक अर्जुन यादवको अध्यक्षतामा सम्पन्न भएकोे सोही पार्टीका युवा नेता मिथुन यादवले जानकारी गराउनुभयो ।

May be an image of one or more people, people standing and people sitting

त्यसैगरी, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति सिरहा क्षेत्र नम्बर २ को आयोजना सिरहाको औरही गाउँपालिका वडा नम्बर २ तुलसीपुरमा आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय कोषाध्यक्ष सीता देवी यादव , विशिष्ट अतिथिमा पदम नारायण चौधरी, पुर्व सांसद अमिय कुमार यादव, प्रदेश सांसद नरेश कुमार यादवको उपस्थिति तथा क्षेत्रीय सभापति राम चन्द्र यादवको अध्यक्षतामा कार्यक्रम भव्यताको साथ सम्पन्न भएको नेपाली कांग्रेसको युवा नेता किरण यादवले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६