दाईजोको विरोध गर्नेले नै दाईजो लिने गरेको प्रदेश सभासद श्री वास्तवको दुखेसो सुखीपुर नगरपालिकाले गरे खुल्याम भ्रष्टाचार, बालबालिका खाजा नखाएको तर विद्यालयको खातामा बजेट निकासा गरी प्र.अ.संग मिलोमतोमा भ्रष्टाचार

  • प्रकाशित मितिः कार्तिक १७, २०७८
  • मधेश स्पेशल
  • 878 पटक पढिएको


रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / दाईजो विरुद्धमा अवाज उठाउनेले नै छुपारुस्तम भई दाईजो लिने गरेकोले दाईजो न्युनिकरण नभएको प्रदेश नम्बर २ का प्रदेश सभासद मदन सेन श्रीवास्तवले दुखेसो पोखनुभयो ।

सिरहाको सुखीपुरमा सुखीपुर नगर युवा समाजको आयोजनामा आयोजित शुभकामना तथा सम्मान कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका श्रीवास्तवले अव यस्ता प्रकारको कुरुतीहरुलाई अन्त गर्न युवाहरुलाई सक्रिय हुन आग्रह गर्नुभयो ।

वहाँले सुखीपुर नगरपालिकामा खुल्याम भष्टाचार भए रहेको छ । समुदायिक विद्यालयमा अध्ययनरत बालाबालिकालाई दिवा खाजा खानका आएको बजेट लक डाउनको समयमा विद्यालय नखुलेकोले बालबालिका खाजा नखाएको तर विद्यालयको खातामा बजेट निकासा गरी प्र.अ.संग मिलोमतोमा भ्रष्टाचार गरेको छ । यस प्रकारको क्यौ शिर्षकमा भष्टाचार गरेकोले कानुनी कर्वाहीको लागि लागनुपर्ने बताउनुभयो ।

त्यसैगरी प्रदेश सदस्य सुनिता देवी मोची , नरेश कुमार यादव र नगर सुधार समितिका अध्यक्ष विपि भुवन यादव लगायतका वक्र्ताले पनि सुखीपुर नगरपालिकामा ब्यापक भ्रष्टाचार विरुद्धमा अवाज उठाउनुपर्ने बताउनु पर्ने बताउनुभयो ।

 

May be an image of 7 people and people sitting

May be an image of 7 people, including Bicky Rauniyar, people standing, people sitting and indoorनगरका पत्रकार, पाठ्यक्रा विज्ञ, समाजसेवी र लोकसेवाको परीक्षा उर्तिण भएकाहरुलाई सम्मान गरिएको छ भने उद्घोषण गुमस्ता यादवले गर्नुभएको आयोजित कार्यक्रमका अध्यक्ष शिव यादवले जानकारी गराउनुभयो ।

May be an image of 11 people, including Royantar Mandal and Naresh Kumar Yadav and people standing

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६