तथ्यांकमा काेराेना भाइरस - COVID - 19

मधेसको राजनीति

  • प्रकाशित मितिः आश्विन 1, 2078
  • मधेश स्पेशल
  • 139 पटक पढिएको

–भोला बनिया
मधेस नेपालको एउटा यस्तो अभिन्न भाग हो । जहाँबाट देशले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाएको छ । तर त्यही मधेसमा बस्ने अधिकांश मधेसीहरू पहाडी शासकबाट निकै नै शोषित पीडित छन् । देशमा लोकतन्त्र आए पनि राज्यका हरेक निकायमा सबैको समान पहुँच हुन सकेको छैन । पहिले झैँ असमान अवस्थामा मधेसीहरू बाँचिरहेका छन् । शासकहरू आफ्ना झोला बोक्ने १÷२ जना मधेसीलाई राखेर समावेशीताको उदाङ्गो नाँच नाँचिरहेका छन् । जुन धेरै दुःखद कुरा हो ।तराई काँग्रेस स्थापनादेखि अहिलेसम्म आउँदा जति पनि मधेस र मधेसीको अधिकारको लागि मधेसीहरूको पार्टी जन्मिए ती सबै पार्टीलाई शासकहरूले प्रलोभनमा पारेर फुटाएरै छाडे, र मधेसमाथि शासकहरूले राज गरिरहेका छन् । यो फुट हुनुमा मुख्य रूपमा मन्त्रीको कुर्ची नै अग्र पंक्तिमा आउँछ । जुन सबैले देख्दै–भोग्दै आएका छन् । यो सबैको सामु घामजस्तै छर्लङ्ग छ । विगतदेखि वर्तमानसम्म मधेसमा विभिन्न आन्दोलन भएका छन्, तर जब आन्दोलन निर्णयक मोडमा पुग्छ त्यतिबेला शासकहरूले आन्दोलनलाई मथ्थर पार्न बार्ताको नौटंकी रच्ने गर्दछन्, जुन सबैको सामु प्रष्ट छ । मधेस आन्दोलन निर्णायक मोडमा पुग्न नदिनुमा पहाडी शासकका मधेसी झोलेहरू बढी सक्रिय देखिन्छन् । यस्ता झोलेहरू मधेसका सबै जिल्लामा छरिएका छन् । मधेसमा रहेका सबै बुद्धिजिवीवर्ग, मानवअधिकारवादी, मानवशास्त्रीहरू, लैङ्गिकविद्हरू मिलेर यस्ता पहाडिया शासकका झोलेहरूलाई अधिकार सम्बन्धी जागरुकताको तालिम दिनुपर्ने देखिन्छ । अनि मात्र यस्ता पहाडिया शासकका झोलेहरूको आँखा खुल्छ । यी झोलेहरूकै कारणले मधेसले आफ्नो हक अधिकार स्थापित गर्नमा कठिनाई भएको छ ।

 

झोलेहरूकै कारणले मधेसका कतिपय जनता जो अशिक्षा, अज्ञानताले भरिएका छन् तिनीहरू भ्रमित भइरहेका छन् । आफ्नो हक अधिकार सम्बन्धमा जागरुक हुन सकेका छैनन् । मधेसमा विभिन्नपार्टीहरू स्थापना भएका छन् । यी पार्टीहरू बीचको द्वन्द्वले सबैभन्दा बढी पहाडी शासकको पार्टीलाई फाइदा भएको छ । यस सम्बन्धमा सबै मधेसीले बुझ्नुपर्ने कुरा हो । देशको हरेक राजनीतिक परिवर्तनमा मधेसीहरू अग्र पंक्तिमा बसेर परिवर्तन ल्याउन सफल भए । राजनीतिक परिवर्तन भएपछि सबै मधेसीको आशा थियो कि नेपालमा अब समतामूलक समाजको निर्माण हुन्छ र सबै समान रूपमा बाँच्न पाउँछन् । तर पनि मधेसीमाथि विभेदको श्रृङ्खलाको अन्त्य हुन सकेन । मधेसीलाई शासकहरूले आफ्नो स्वार्थ पूर्तिको लागि मात्र प्रयोग गरेर भोट बैंकलाई मात्र हेर्ने काम गरे । वि.सं. २००७ सालको क्रान्तिमा मधेसीहरूले निकै योगदान गरे । यसपछि वि.सं. २००८ सालमा तराई काँग्रेस पार्टी स्थापना भयो । यस तराई काँग्रेस पार्टीले मधेसीलाई सेना, प्रहरी, निजामति कर्मचारी, समानुपातिक समावेशी रूपमा राख्नु पर्ने विषयलाई जोडतोडका साथ उठायो । यसैगरी देशलाई संघीय ढाँचामा लानु पर्ने र तराईलाई एउटा प्रदेश बनाउनु पर्ने माग अगाडि सा¥यो । यसरी मधेसीहरू आफ्नो हक अधिकारप्रति जागरुक भएको देखेर शासकहरू तर्सिन थाले । जसरी भए पनितराई काँग्रेसलाई फुटाएर मधेसीमाथि राज गर्न मधेसी बीचमा फुट ल्याएर षडयन्त्रको धागो बुन्दै पहाडी शासकहरू सफल भए । यस्तो फुटको मुख्य कारक तत्वमा मन्त्रीको कुर्ची देखियो । विगतदेखि वर्तमानसम्मको मधेसीपार्टीलाई हेर्ने हो भने जहिले पनि मन्त्रीको कुर्ची तगारो बनेर आउँछ र फुट्ने गर्दछ ।
तराई काँग्रेसपछि मधेसीहरूलाई हक अधिकार दिलाउन मधेसी जनक्रान्तिकारी दल गठन भयो । यसका संस्थापक रघुनाथ ठाकुर हुन् । यिनले मधेसमा भएको विभेद, असमानता, गैरमानवीय हत्या आदिलाई नजिकैबाट नियालिरहेका पिथए । यसैकारण सन १९५६ मा मधेस मुक्ति आन्दोलन सुरुवात गरे । जो मधेसीमाथि भएको शोषण र विभेदको विरुद्धमा थियो । यिनको भनाई थियो मधेस स्वायत्त क्षेत्र हो। मधेसको लागि मधेसका मानिसले नै नीति तथा कार्यक्रमको निर्माण गर्न पाउनुपर्छ । यिनले मधेसका मानिसलाई राज्य संयन्त्रको शक्तिमा ल्याउन चाहन्थे । यिनको भनाई थियो मधेसीको शासन प्रशासन हुनुपर्छ । सेनामा मधेसीको छुट्टै बटालियन हुनुपर्छ । अन्तर्राष्ट्रिय व्यापारको लागि मधेसबाट मधेसीहरू जान पाउनुपर्छ । निजामति कर्मचारी र प्रहरीमा समान रूपमा सहभागिता हुनुपर्छ । हरेक मधेसीलाई भूमि दिनुपर्छ । सम्पूर्ण मानिस सरह मधेसका मानिसले पनि अधिकार पाउनु पर्ने कुरालाई जोडतोडका साथ उठाए ।


सन् १९६० मा विभेद र शोषणका विरुद्ध पश्चिम मधेसका मानिसले आवाज उठाए । जसको नेतृत्व तराईमुक्ति फ्रन्टले गरेको थियो । मधेसका मानिसहरूलाई न्यायबाट राज्यले बञ्चित गरेको आवाज उठ्यो । मधेसको भूमि पहाडिमूलका मानिसलाई वितरण गर्ने सरकारको नीति विपरित ठूलो आन्दोलन भयो । यसपछि तराईमुक्ति फ्रन्टले विभेद विरुद्ध हतियार सहित लड्ने घोषणा ग¥यो । सुरुमा यसले हतियार सहित गुरिल्ला युद्धको रणनीतिबनाएर अघि बढायो । तत्कालिन सरकारलाई यसबारेमा जानकारी भएपछि अब क्रान्ति हुन्छ भन्ठानेर तराईमुक्ति फ्रन्टका प्रमुख रामजी मिश्रलाई तत्कालिन नेपाल प्रहरीले सन् १९६३ को जुनमा गोली हानी हत्या ग¥यो । यसपछि सन् १९६७ अगष्टमा तराईमुक्ति फ्रन्टका अर्का प्रमुख रघुनाथ राय यादवलाई शाही सेनाले गोली हानी हत्या ग¥यो । यसपछि तराईमुक्ति फ्रन्टका प्रमुख सत्यदेवमणि त्रिपाठी बने । उनलाई सन् १९६९ अगष्टमा नेपाल–भारत सिमादेखि ७ कि.मि. बाहिर नौतनवा भन्ने ठाउँमा शाही नेपाली सेनाले गोली हानी हत्या ग¥यो । जुन ठाउँ भारतको उत्तर प्रदेश राज्यमा पर्दछ । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४७ सालमा नेपाल सद्भावना पार्टीको गठन भयो । जसको संस्थापक नेता गजेन्द्रनारायण सिंह मानिन्छन् । यिनकै नेतृत्वमा नेपाल सद्भावना पार्टी गठन भएपछि मधेसमा भएको हत्या, हिंसा, शोषण र दमनको विरुद्धमा सद्भावना पार्टीले आवाज उठायो । वि.सं. २०४६ सालको प्रजातन्त्र ल्याउनमा पहाडी र मधेसी दुबैले उत्तिकै भुमिका निर्वाह गरे । तर प्रजातन्त्र केवल पहाडि समुदायलाई मात्र आयो । मधेसी पहिलेजस्तै थिचोमिचोमा परिरहे । यही कुरालाई सहन नसकेर गजेन्द्र नारायण सिंहले आफ्नो नेतृत्वमा सरकार समक्ष मधेसीलाई सेना, प्रहरी, प्रशासनमा समानुपातिक रूपमा भर्ती गर्नुपर्ने, मधेसीको लागि आरक्षणको व्यवस्था गर्नुपर्ने, विद्यालयमा मातृभाषामा पढाई गराउनु पर्ने, देशलाई संघीय ढाँचामा लगेर मधेसलाई एउटा प्रदेश बनाउनुपर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा हुनुपर्ने, सरकारी कामकाजको भाषाको रूपमा मातृभाषालाई समावेश गर्नुपर्ने सिमान्तकृत वर्गलाई अगाडि ल्याउन विशेष किसिमको योजना बनाउनुपर्ने माग तत्कालिन सरकार समक्ष प्रस्तुत गरे । तर स्व. गजेन्द्रनारायण सिंहले उठाएका मागहरू सरकारले सम्बोधन नगरेपछि आन्दोलन गर्न बाध्य भए ।


सरकारले प्रहरी लगाएर मधेसीको आन्दोलनलाई निर्ममतापूर्वक दमन ग¥यो । मधेसीले गरेको शान्तिपूर्ण आन्दोलनलाई सरकारले हिंस्रक भन्यो । आन्दोलनमा सहभागी भएका महिलालाई प्रहरीद्वारा अभद्र व्यवहार गरियो । आन्दोलनका क्रममा स्वयं गजेन्द्रनारायण सिंह घाइते भएका थिए । जब राजा ज्ञानेन्दले शासन सत्ता आफ्नो हातमा लिए त्यसपछि नेपाल सद्भावना पार्टी दुइ भागमा बाँडियो । एउटा समूह सरकारभन्दा बाहिर बस्यो भने अर्को समूह सरकारमा रह्यो । सद्भावना पार्टीको तर्फबाट राजा नेतृत्वको सरकारमा बद्री मण्डल उप–प्रधानमन्त्री बने । पार्टीले बारम्बार सरकार बाहिर आउन आग्रह गर्दा पनि बद्री मण्डल बाहिर नआएपछि अन्तत्वगत्वा नेपाल सद्भावना पार्टी दुई टुक्रा भयो । एउटा समूहको नेतृत्व आनन्दीदेवी सिंहले गरिन् भने अर्को समूहको नेतृत्व बद्री मण्डलले गरे । आनन्दीदेवी सिंहको समूहमा हृदयश त्रिपाठी, श्यामसुन्दर गुप्ता, राजेन्द्र महतो, सरिता गिरी आदि रहे । यो समूहले २०६२÷६३ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । तर जुन तरिकाले ७ दलमा आवद्ध भएर जनआन्दोलनलाई सफल तुल्यायो । त्यसपछि बनेको सरकारमा उसले महत्वपूर्णं मन्त्रालय पाएन । अर्थात् मधेसीपार्टी भएकै नाताले उसलेमहत्वपूर्ण मन्त्रालयपाएन । तर पनि मधेसको अधिकारलाई स्थापित गराउनलाईपार्टी सरकारमा रहिरह्यो । त्यतिबेला नेपालगञ्जमा भएको साम्प्रदायिक हिंसालाई शान्त बनाउन र सर्वोच्च रूपमा भाइचाराको भावना स्थापित गराउन नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) को महत्वपूर्ण भूमिका रह्यो । वि.सं. २०६४ सालको मधेस आन्दोलन हुँदा नेपाल सद्भावना पार्टीको तर्फबाट श्यामसुन्दर गुप्ता उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री थिए । पार्टीले पटक–पटक सरकारबाट फिर्ता आउन आग्रह गर्दा पनि उनी आएनन् ।


यसपछि नेपाल सद्भावना पार्टी दुइ भागमा विभाजन भयो । एउटा गुट सरकारमा रह्यो भने अर्को गुट आन्दोलनमा होमियो । सरकारमा रहेका गुटका अध्यक्ष श्यामसुन्दर गुप्ताले नेपाल सद्.भावना पार्टी युनाइटेड खोले । जो छब्बाको नामले प्रसिद्ध मानिन्छन् । यस पार्टीले चुनाव चिन्ह धडी प्राप्त गरेको थियो । यस पार्टीले पुरै मधेसभरी आफ्नो संगठन विस्तार गर्न नसके पनि मधेसका केही जिल्लामा आफ्नो संगठन विस्तार गरेको थियो । संगठन विस्तारको क्रममा युवासंघ, महिला संघ, शिक्षक संघ, विद्यार्थी संघ, बुद्धिजिवी संघ आदि गठन गरेको थियो । तर पार्टी विस्तारको दीर्घकालिन योजना नहुँदा पार्टी दिगो रहन सकेन, रकेही वर्षमै लोप भएर गयो ।


नेपाल सद्भावना पार्टीको बढ्दो विवाद थेग्न नसकेर राजेन्द्र महतोले छुट्टै पार्टी निर्माण गरे । जसको नाम सद्भावना पार्टी राखे । यस पार्टीले निर्वाचन आयोगबाट चुनाव चिन्ह तिर प्राप्त ग¥यो । पहिलो संविधान सभा निर्वाचनमा ५ ठाउँबाट जित हासिल ग¥यो भने समानुपातिकमा ४ सिट हासिल ग¥यो । तर दुर्भाग्यवस बाबुराम भट्टराई प्रधानमन्त्री बन्नु भन्दा केही समय पहिले यो पार्टी २ टुक्रामा विभाजन भयो । एउटा तुक्राको नेतृत्व अनिल झाले गरे भने अर्को टुक्राको नेतृत्व राजेन्द्र महतोले गरे । राजेन्द्र महतोसँग ४ जना सभासद रहे भने अनिल झासँग ३ जना सभासद रहे । बाबुराम भट्टराई नेतृत्वको सरकारमा दुबै जना मन्त्री बने । यतिबेला राजेन्द्र महतोले पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म मधेस स्वाभिमान यात्रा गरेका थिए । यसले मधेसी बीचमा एकता गराउन सफल भयो ।
नेपाल सद्भावना पार्टीमा असन्तुष्टिको श्रृङ्खला रोकिएन । पार्टीबाट असन्तुष्ट भएरविकास तिवारीले नेपाल सद्भावना पार्टी (तिवारी) गठन गरे । यिनले मधेसका प्रत्येक जिल्लामा मधेस जनजागरण अभियान संचालन गरेका थिए । जसले मधेसमा केही मात्रामा भए पनि चेतना फैलिएको थियो । यिनी वि.सं. २०६२।६३ को जनआन्दोलन र मधेस आन्दोलनमा नेतृत्व पंक्तिमा खटेर काम गरेका थिए । यिनीले मधेसको मुद्दा उठाउनमा महत्वपूर्ण काम गरे । राजेन्द्र महतोसँग असन्तुष्ट भएर अनिल झाले छुट्टै पार्टी निर्माण गरे । जसको नाम संघीय सद्भावना पार्टी राखे । यस पार्टीले निर्वाचन आयोगबाट चुनाव चिन्ह हाँस प्राप्त ग¥यो । दोस्रो संविधानसभा निर्वाचनमा यस पार्टीले कुनै पनि ठाउँबाट जित हासिल गरेन । तर समानुपातिकमा १ सिट ल्यायो । वि.सं. २०६२।६३ को जनआन्दोलन पछाडि मधेस आन्दोलन सुरु भयो । यसै मधेस आन्दोलनबाट मधेसी जनअधिकार फोरम जन्मियो । यसलाई अगाडि बढाउनमा उपेन्द्र यादव, भाग्यनाथ गुप्ता, किशोर विश्वास, रामकुमार शर्मा, जितेन्द्र सोनल आदिको महत्वपूर्ण योगदान रहेको छ । उपेन्द्र यादवको व्यक्तिवादी सोचका कारण पार्टी भित्र द्वन्द्व बढ्यो र पार्टी दुई चिरामा विभाजन भयो । मधेसी जनअधिकार फोरम नेपालको नेतृत्व उपेन्द्र यादवले गरे भने पार्टीबाट असन्तुष्ट भएर निस्केकाहरू भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल, रामकुमार शर्मा, किशोर विश्वास आदिले नयाँ पार्टीमधेसी जनअधिकार फोरम मधेस गठन गरे । यसैगरी अमर यादव पनि पार्टीबाट रुष्ट भएरतराई मधेस फोरम गठन गरे । मधेसीपार्टीमा फुटको श्रृङ्खला विगतदेखि वर्तमानसम्म निरन्तररूपमा भइरहेको छ । भाग्यनाथ गुप्ताले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम मधेसले मधेसीमाथि भएको थिचोमिचोलाई नजिकैबाट नियालिरहेको थियो । जसका कारण मधेश आन्दोलनमा विभेद विरुद्ध आवाज उठ्यो । मधेसीलाई राज्यका हरेक निकायमा समावेशी समानुपातिक ढंगले राख्नुपर्दछ भनेर यसले जोड दियो । पार्टीका नेताहरू किशोर विश्वास, रामकुमार शर्मा, जितेन्द्र सोनल आदि नेताहरू मधेस आन्दोलनमा डटेर लागेका थिए ।


अमर यादवले नेतृत्व गरेको तराई मधेस फोरमले अल्पसंख्यक वर्ग, दलित, महिला, सबैलाई समेट्यो । सबभन्दा चाखलाग्दो कुरा के छ भने नेपालमा रहेका सरदारहरूलाई कुनै पनि पार्टीले जिल्ला अध्यक्ष बनाएको छैन, तर यिनले अल्पसंख्यकको सम्मान गर्दै आफ्नो पार्टीको रूपन्देही जिल्ला अध्यक्ष सरदार मोहन सिंहलाई बनाए । यिनको अल्पसंख्यक प्रतिको महान सोचलाई मधेसका मानिसले निकै आदरपूर्वक हेर्ने गर्दछन् ।


मधेसी जनअधिकार फोरम नेपालमा सत्तामा जाने÷नजाने विषयमा विवाद भएपछि विजय कुमार गच्छदारको नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन भयो । विजयकुमार गच्छदार उप–प्रधानमन्त्री बने । यो फोरम लोकतान्त्रिक बनाउनमा जितेन्द्र देव, मोहम्मद वकिल मुसलमान, करिमा बेगम, सरदसिंह भण्डारी, निलम वर्मा, सर्वजित ओझा आदिले प्रमुख रूपमा भूमिका निर्वाह गरे । बावुराम भट्टराई नेतृत्वको सरकारमा सहभागि रहँदा यो फोरम लोकतान्त्रिककी गृह राज्यमन्त्री करिमा बेगम निकै चर्चामा आएकी थिइन् । यिनले पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारीलाई थप्पड हानेर निकै नै चर्चामा आएकी थिइन् । यिनले प्रमुख जिल्ला अधिकारीले विभेद गरेको भएर थप्पड हानेको प्रतिक्रिया दिएकी थिइन् ।


मधेसी जनअधिकार फोरम नेपालमा उपेन्द्र यादव र जयप्रकाश गुप्ताको द्वन्द्व बढेपछि मधेसी जनअधिकार फोरम नेपाल फेरी फुट्यो र यसपछि नयाँ पार्टी जयप्रकाश गुप्ताको नेतृत्वमा गठन भयो । जसको नाम मधेसी जनअधिकार फोरम गणतान्त्रिक राखियो । जयप्रकाश गुप्तालाई साथ दिने अरु नेताहरूमा राजकिशोर यादव, ओमप्रकाश यादव (गुल्जारी), राजलाल यादव आदि थिए । डा. बावुराम भट्टराई नेतृत्वको सरकारमा फोरम गणतान्त्रिक सामेल भयो । यो पार्टीले ३ मन्त्री र १ राज्यमन्त्री प्राप्त ग¥यो । जब जयप्रकाश गुप्ता भ्रष्टाचारमा मुछिएर जेल परे । त्यतिबेला राजकिशोर यादव पार्टीको अध्यक्ष बने, र संचार मन्त्रालय पनि आफैंले चलाउन थाले । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक डा. बावुराम भट्टराई नेतृत्वको सरकारमा जाँदा रक्षामन्त्री शरदसिंह भण्डारी बने, तर उनले विवादास्पद वक्तव्य दिएपछि उनको पार्टीले उनलाई राजिनामा दिन लगायो । यसपछि फोरम लोकतान्त्रिकपार्टी फुट्यो । सरदसिंह भण्डारीले छुट्टै पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे । यस पार्टीले निर्वाचन आयोगबाट चुनाव चिन्ह साइकल प्राप्त ग¥यो । यिनले मधेसीलाई चेतना जगाउन जागो मधेस कार्यक्रम पनि गरे । यिनी मधेस र मधेसी जनताको आवाज उठाउनमा प्रखर वक्ता मानिन्छन् । यसैले मधेसमा आज पनि शरदसिंह भण्डारीको जय जयकार गरिन्छ । मधेसका मानिसहरू निकै ठूलो संख्यामा उनको पदमार्गमा हिँडीरहेका छन् । जुन मधेसका जिल्लामा सरदसिंह भण्डारी जाँदा आम जनताको जमघटले प्रष्ट देखाउँछ कि सरदसिंह भण्डारी मधेसीलाई अधिकार दिलाउनमा एउटा महत्वपूर्ण योगदान गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माधव नेपाल ठुलो संयन्त्रकारी रहेको पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आरोप

विन्दे यादवसिरहा / लुम्बिनी प्रदेश (प्रदेश नम्बर ५) का पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवले माधव नेपाल ठुलो

उपेन्द्र भर्सेस महन्थ

अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ

संविधान दिवसका दिन जसपा मौन बस्ने, लोसपाले कालो दिन मनाउने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६